• विवेक मिश्र/बेलबारी 
बेलबारीमा पहिलोपटक समुदायमै कोरोना संक्रमण फैलिएको  छ । शुक्रबार बेलबारी २ का ४२ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
केहिदिन अघि बिरामी भएर बिराटनगर स्थीत  न्युरो अस्पताल गएको बेला लिईएको स्वाब परिक्षणमा उनमा कोरोना पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । उनको थप उपचारका लागि पठाउने तयारी भईरहेको विश्वकर्माले बताए । 
 
यसैबिच बेलबारी ३ का ३० बर्षिया अर्को पुरुषमा समेत कोरोना पुष्टि भएको छ । उनी भारतबाट साउन १३ गते नेपाल आई क्वारेन्टाईनमा बस्दै आएका थिए । परिक्षणमा उनलाई पनि कोरोना पुष्टि भएको विश्वकर्माले बताए । यो सँगै बेलबारीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी नगरपालिकाले आज मध्यरातिबाट साउन ३२ सम्म लकडाउन गरेको छ ।