अशक्त भएको बेला बैंकको किस्ताको किचकिचले मानसिक तनाव

alt
  • श्रावण २२, २०७७
  • उतम नेपाल

भद्रपुर / घरमा कमाउने मान्छे रोग लागेर ओछ्यान पर्नु र त्यसमाथि वैङ्कको तागेताका कारण झापामा एक परिवार यतिवेला पीडामाथि थप पीडामा परेका छन् । वितेको ६ महिना यताबाट उच्च रक्तचापका कारण शरिर अपाङग भई ओछ्यान परेका झापा भद्रपुर नगरपालिका ९ घोडामाराका ४६ बर्षीय दीपक राजवंशीको परिवार पीडामा परेका हुन् ।

दीपकको आफ्नो घरको वरण्डा सहारा बनेको ६ महिना वितेको छ । विभिन्न व्यक्तिहरुको निजी गाडी चलाएर राजवंशीले आफनो परिवार जसोतसो चलाउदै आइरहेका थिए । पछिल्लो समय उनले भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कार्यरत मेडिकल डाक्टर गोविन्द कडेलको गाडी चलाउँदै आइरहेका थिए । ड्युटी जाने वेलामा गत ०७६ माघ २२ गते दिउँसो ११ वजे तिर खाना खादैगर्दा उच्च रक्तचापका कारण उनी ढलेर ‘प्यारालाइसिस’ वने उनको एक भाग नचल्ने अवस्थामा पुग्यो । घटनापछि कँडेल सरलाई यो विषयमा जानकारी गराएको राजवंशीले सुनाए । सरले सिटी स्क्यानलगायत गर्नुपर्ने उपचार एकपटक गरिदिए पनि आराम नभएको उनले सुनाए ।

मङ्गलबार उनको निवासमा ब्लाष्टकर्मी पुग्दा सावा व्याज भुक्तानिका लागि वैँङ्कले पठाएको १५ दिने म्यादको पुर्जी पढीरहेका थिए । उनले भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमीटेडबाट दीपकको श्रीमती शुशिलाको नाममा ०७५ साउन १ गते १ लाख रुपैयाँ ऋण लिएका रहेछन् । राजवंशीकी श्रीमतीको नाममा लिएको ऋणमा असार मसान्तसम्म सावा ५४ हजार ५ सय ७५ र ११ हजार ४ सय ६० व्याज पुगेको पत्रमा उल्लेख छ । विरामी हुनुभन्दा अघि समयमा नै व्याज तिर्दै आइरहेको उनले सुनाए । विरामी परेपछि आम्दानीको कुनै उपाय नभएर व्याज तिर्न ढिलाइ भएको उनले गहभरी आँशु पार्दै आप्mनो पीँडा सुनाए । नुन तेल खान समेत समस्या भएपछि श्रीमती केही महिना यताबाट नजिकै रहेको चिया वगानमा हरियो पत्ति टिप्ने मजदुरी गर्दै आइरहेको उनी बताउँछन् । दैनिक ४ सय जति ज्यालादारीमा काम गरेर नुन तेल खादै आएपनि खर्च अभावमा उपचार गर्न नसकेको उनले बताए । आफन्त साथी भाइले केही रकम सहयोग गरेर भारतको खरैयामा उपचार गरी औषधि खादै आएकोमा लकडाउनका कारण त्यो पनि गर्न नसकेको उनले सुनाए ।

उपचार पाएमा निको हुने आसमा रहेको उनको भनाइ छ । खर्च अभावका कारण बाँकी जीवन ओछ्यानमा नै रोएर दिन रात विताइरहेको उनले भावुक हुदै भने । स्थानीय सरकारले हालसम्म एकपटक पनि चासो नराखेको उनको भनाइ छ । चुनावका समयमा पटक – पटक धाउँने जनप्रतिनिधि चुनाव जितेर गएपछि एक पटक पनि घर नटेकेको उनले गुनासो गरे ।
उपचारका लागि राजवंशीले सवैसँग अनुरोध गरेका छन् । पारिवारिक अवस्था कमजोर भएका राजवंशीलाई बाबुको सम्पत्तिबाट आमाले ७ धुर जग्गा दिएको र सोही जग्गामा टीनको छानो हालेर बसेको उनले बताए ।

घर वाहेक अरु केही नभएको उनी बताउँछन् । साधारण लेखपढ मात्र भएकोले अन्य कुनै उपाय नभएको उनले सुनाए । दुई छोरा, एक छोरी र श्रीमती सहितको परिवारमा उनी तेस्रो सन्तान हुन् । ‘मैले वैँङ्कबाट ऋण लिएको हँु ,तिर्छु पनि तर यस्तो वेलामा आएर भाका पुर्जी दिएकोमा उनले गुनासो गरे ।’ लकडाउनको समयमा सरकारले वैङ्कको सावा व्याजको विषयमा हाल यथावत राख्नु भने जस्तो लाग्छ तर, साना किसान सहकारीले कर्मचारी परिचालन गरेर मानसिक तनाव दिएको उनले बताए ।
वैँङ्कको तागेताले राजवंशीमात्र नभई हालसम्म २० जना भन्दा बढी ऋणीहरुको घरमा कर्मचारीले भाका पुर्जी वुझाउदै मानसिक तनाव दिइरहेका छन् ।

‘लकडाउनका कारण दोकान खोल्न पाएको छैन’ ‘वेला वखत खोलेपनि ग्राहक आउदैनन ।’ घोडामारा की फुलकुमारी राजवंशीले भनिन । वैंकको पत्रले मानसिक तनाव दिएको उनले गुनासो गरिन् । टेमुना राजवंशीको नाममा ०७५ असोज २८ मा १ लाख रुपैयाँ ऋण लिएको उनले बताइन् । बाँकी सावा ५७ हजार ७ सय ३१ रहेको छ भने असार मसान्त सम्मको तिर्नु पर्ने व्याज ६ हजार ३ सय ७० रुपैयाँको पत्र सहकारीले पठाएको छ ।

कार्यालयले निर्णय गरेका कारण ऋणीहरुकोमा पत्र लिएर हिडेको कर्मचारीले बताउने गरेको निद्देपकर्ताको भनाइ छ । हामी त कर्मचारी हौँ, कार्यालयबाट जे आदेश आउँछ पालना गर्नु पर्ने हुन्छ भन्दै पत्र दिने गरेको पीडितहरुको भनाइ छ । कर्मचारीले निर्मला थापा, पम्फा काफ्ले, कल्पना ढकाल चापागाई, राजकुमारी सहनी, दुर्गा पोखरेल, इन्दीरा खतिवडा, मनुकला थापा, भगवती विश्वकर्मा, हेम पोखरेल, शुष्मा राईलगायतका घरमा पहिलो पटक १५ दिने पुर्जी थमाइसकेका छन् ।
सहकारीको साउन ५ गतेको वैठकले रकम उठाउन पहिलो पटक १५ दिन, दोस्रो ७ दिन र तेस्रोे पटक ३ दिनको म्याद दिनेगरीको निर्णय गरेको बुझिएको छ ।

सहकारीमा ऋणी बढ्दै गएपछि निक्षेपकर्तालाइ जानकारीका लागि मात्र पत्र पठाइएको सल्लाहाकार संयोजक काशीनाथ घिमिरेले बताए । सरकारले घोषणा गरेको २ प्रतिशत व्याज घटाएर पत्र पठाइएको भएपनि पत्रमा कुनै दबाव नदिएको उनको भनाइ छ । ऋण मात्र लाने तर सावा व्याज नतिरेका कारण सहकारी डुब्ने अवस्थामा भएकोले यस्तो गर्नु परेको उनले जनाए ।

३ दिने शिपमुलक तालिम ...

विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ...

धरान र विराटनगरमा पर ...

विजयपुर । पर्यटन व्यवसायीहरुको तानातानका कारण नेपाल पर् ...

धरान १५ का अशक्त प्य ...

धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्या ...

मलको मोलमोलाईमा कुरा ...

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved