ब्लाष्टखबर । नेपालबाट भारततर्फ चोरी निकासी हुँदै गरेको ६ हजार २ सय ५० केजि हरियो मटर प्रहरीले नियन्त्रण्मा लिएको छ ।
बुधबार राती को १ ख ४८८७ नम्बरको मिनि ट्रकमा पाँचलाख मुल्य बराबरको उक्त मटर धनपालथान गाउँपालिका २ पौठाबाट भारत तर्फ लैजादैगरेकाे अवस्थामा सिप्रचौबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा खटिएको टोली पक्राउ गरेकाे हाे । 

चोरी निकासी हुँदै गरेको भन्ने गोप्य सुचनाका आधारमा उक्त स्थानमा पुग्नासाथ मटरको गाडि छाडेर चलक फरार भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

मिनि ट्रक सहित बरामद गरेको मटरलाई प्रहरी कार्यालय रंगेली ल्याई आवश्यक कारवाहिकालागी विरटनगर स्थित रानी भन्सार कार्यलयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार उक्त मटर धनपालथान गाउँपालिका २ बस्ने दिलिप साहको रहको प्रारम्भिक अनुसन्धाका क्रममा खुलेको छ । साह र चालक फरार भएकाले उनिहरुको खोजिकार्य भइरहको कार्यालयले जनाएको छ ।