Trending Tags

कोशीमा २ जना कोरोना संक्रमितको मृत्यु, मोरङमा मृत्यु हुनेको संख्या ४ पुग्यो

alt संकेतिक तस्विर
  • श्रावण २१, २०७७
  • अनिल श्रेष्ठ

 विराटनगर । विरानगरस्थित कोशी अस्पताल विराटनगरमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर ९ गुद्रिका ४५ वर्षिय र रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरूष रहेको कोशी अस्पतालका आइसोलेन प्रमुख डा. लक्ष्मी नारयण यादवले पुष्टि गरिदिएका हुन् । विराटनगरका पुरूषको बुधबार दिउँसो साढे १ बजे उपचारको क्रमममा र रंगेलीका महिलाको अस्पताल ल्याइपुर्याउँदा मृत्यु भइसकेको डा. यादवले बताए ।

मंगलबार राति श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । विराटनगरका ती पुरूषलाई लिभर र सुगरको समस्या पनि रहेको डा. यादवले बताए । मृतक महिलालाई श्वासप्रश्वासमा समस्या रहेकाले आफन्तले अस्पताल ल्याएका थिए ।

अस्पताल ल्याइ पु¥याउँदा मृत्यु भएको डा. याबवले बताए । मतृक पुरूष र महिलाको बुधबार विहान १० बजे स्वाब संकलन गरिएकोमा अपरान्ह ४ बजे पोजेटिभ रिपोर्ट आएको डा. यादवले जानकारी दिए । मृतकका आफन्तले भने चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका थिए ।

यो सँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यस अघि विराटनगरमा सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

कृषिमन्त्री भुसाललाई ...

बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थित ...

नियम मान्दैनन् याताय ...

विजयपुर । सरकारले लागु गरेको भाडा दर र स्वास्थ्य सुरक्ष ...

धनकुटामा घर भत्कीदा ...

ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबाल ...

‘कसैले खाना नखाएको स ...

११ वडामा विभाजित बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved