विराटनर । विराटनगर ७ स्थित शाखा कार्यालय रहेको सनराइज बैंकमा कर्जा शाखामा कार्यरत विराटनगरकी एक महिलाले आत्महत्या गरेकी छिन् । विराटनगर महानगरपालिका ८ की ३० वर्षिय सनाज खतिवडाले बैंकमा मुसा मार्ने बिष सेवन गरि बुधबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘लुवान’ नामक विषाधी औषधी सेवन गरेपछि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बिस सेवन गरेपछि बेहोस भएकी खतीवडालाई बैंकमा कर्मचारीहरूले अस्पताल पुर्याएको बताइएको छ ।

प्रहरीले घटनास्थलबाट लुवान नामक विषाधीको औषधी र बिलेट पनि बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगरका ‘क’ का डिएसपी बेदप्रसाद गौतमलले जानकारी दिए । ‘बैंक भित्र बिलेट र लुवान नामक विषाधीको औषधी बरामद भएको छ,’ उनले भने, ‘बैंक भित्र रहेको सिसी टिभी फूटेज झिकेर हामीले अनुसन्धान सुरू गरेका छौं ।’  

घटनास्थलमा बरामद गरेको विषाधी हर्दा आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले सबै कोटबाट अनुसन्धान सुरू गरेको डिएसपी गौतमलले बताए । मृतकको शव पोष्टाम गर्न विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । पोष्माटम रिपोटपछि थप खुल्ने डिएपी गौतमलले बताए । मृतकको हातमा पनि बिलेटले काटेकी छिन् ।प्रहरीले बरामद गरेको विषादी परीक्षण गर्न पनि विधी विज्ञान प्रयोगशालामा पठाउने बताइएको छ ।