ब्लाष्टखबर । एकैदिन १६ सयले बढेपछि सुनकाे भाउ ताेलामा लाख नागेकाे छ । मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर १ लाख १ हजार ४ सय पुगेकाे ऐतिहासिक रेकर्ड कायम गरेकाे छ ।

प्रत्येक दिन नया रेकर्ड राख्दै अाएकाे ल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो । आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

 विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुनको मूल्यमा अनपेक्षित रूपले बढ्दै गएको  महासंघले बताएको छ।