भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका ३ केराबारी बोर्डर ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट इन्स्पेक्टर पुर्णबहादुर दाहालको कमान्डमा खटिएको टोलिले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।
 
लागूऔषध सहित पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका १ बस्ने ४० वर्षका रामप्रवेश विक र सोही स्थान बस्ने ४२ वर्षका अशोककुमार शाह रहेको सशस्त्र प्रहरीले जनाएको छ । भारतीय बजारबाट लुकाई छिपाइ ल्याएको १५ बोतल डाइलेक्ष्य डिसि र १७ वटा ट्याबलेट नाइट्रोजन बोकेर को २२ प ५१५२ नम्बरको मोटरसाइकल आउँदै गर्दा चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीलाई बुझाएको बिओपी श्रीपुरले जनाएको छ ।