विराटनगर/ विराटनगरस्थित कोशी अस्पतलामा उदयपुरको बेलका नगरपालिका-१ का ५५ वर्षिय एक जना पुरूषको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएको ती पुरूषको अस्पतालमा पुग्नसाथ सोमबार राती मृत्यु भएको हो । मृत्यु भएको पुरूषमा कोरोनाको लक्षण देखिएकोले स्वास संकलन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले जानकारी दिए ।

‘मृत्यु भएको पुरूषको स्वाब संकलन भएको छ,’ उनले भने, ‘स्वाब परिक्षण गरेर कोरोना नदेखिए मात्र शब आफन्तलाई दिइनेछ ।’ सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी उनलाई भर्ना लिएको थिएन । कोरोनाको आशन्कामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले बताएका छन् ।

बिहान १ बजेतिर कोशीमा आएपछी आईसोलेशनमा भर्ना गर्नलाग्दा उनको मृत्यु भएको हो । उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको छ ।

सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वृद्धको शव अझै व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन भैसकेको छैन ।