पथरी / मोरङ कानेपोखरी गाउँपालिकाको कोरोना विरुद्ध लड्न स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोष’ मा कानेपोखरी सहकारी कर्मचारी संगठनले एक लाख सहयोग गरेका छन् ।

संगठनले शुक्रबार गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको कार्यकक्षमा गई रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष काफ्लेलाई संगठनका अध्यक्ष टंक प्रसदा घिमिरे, सचिव खगेन्द्र काकी, कृष्ण फुयल, कृष्ण दवाडी लगाएतले हस्तान्तरण गरेका थिए ।
रकम समयमै संकलन गरेपनि हस्तान्तरण गर्न केही समय ढिला भएको हस्तान्तरण कार्यक्रममा कृष्ण फुयलले बताए ।

गाउँपालिकाको बचत तथा सहकारी संस्थामा कार्यरत ५२ जना कर्मचारी संगठनमा आवद्ध रहेको संगठनका सचिव खगेन्द्र कार्कीले बताए । आआफ्ना सहकारीमा कार्यरत कर्मचारीहरुबाट संकलित रकम हस्तान्तरण गरेको सचिव कार्कीले बताए ।