धरान / प्रेस युनियन सुनसरीले पूर्व अध्यक्ष स्वर्गीय याम प्रधान र पत्रकार गिरिराज आचार्यको नाममा अक्षयकोषको स्थापना गरेको छ । प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य र स्व. याम प्रधानको नाममा अक्षयकोष स्थापना गरिएको हो ।

बिहीबार युनियन कार्यसमितिको इटहरीमा बसेको बैठकले आचार्यको नाममा एक लाख र प्रधानको नाममा २ लाखको अक्षयकोष खडा गरिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिए । उनीहरुको सम्मान स्वरुप अक्षय कोष बनाइएको अधिकारीले जनाएका छन् ।