धरान / कोरोनाको सन्त्रास संगै धरानमा यसको असर देखे लगत्तै सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले विहीबार धरान बजारमा मास्क वितरण गरेको छ ।

संघको कार्यालयदेखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएको हो । कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए ।

व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रमसँगसंगै धरान नगरभरि माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिएका छन् ।