धरान  / राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिवमा रमेशकुमार सिलवालले पुन नियुत्तिपाएका छन् ।
बुधबार उनीसँगै उपाध्यक्ष शिव कोइरालाको पद तथा गोपनियताको शपथ लिएका छन्। युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइरालालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका थिए । राखेपको १९औं सदस्य सचिव पदमा नियुक्त सदस्य सचिव सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो ।
सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । चारबर्षका लागि नियुक्ति गरिएको सिलवालकोनेतृत्वमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेकाथिए ।