धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’ पुस्तकको आज सार्वजनिक गरिएको छ ।

पत्रकार देबेन्द्र कार्कीले सम्पादन गरेको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथी बिपि प्रतिष्ठानका उपकुलपती प्रा।डा ज्ञानेन्द्र गिरी, भाषाविद प्राडा टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्राडा गौरीशंकर साह, प्रतिष्ठानका नसिंङ विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा. सिंह, सम्पादक देवेन्द्र कार्कीले सयुक्त रुपमा औपचारिक रुपमा बिमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरु, उपचारवारे पुर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ स्वयंसेबिकाहरुले पनि पढ्न र अरुलाई बुझाउन सकुन भन्ने उद्देश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक डा. सिंहले जानकारी दिए ।

औषधि र डाक्टरको अनुहार देख्न नपाएर मृत्युवरण गर्न बाध्य प्रदेश १ का दुर्गमवासीहरुका लागि उक्त पुस्तक समर्पित भएको कार्यक्रममा जानकारी गराइएकाे थियाे । ‘चिकित्सक सेवा नपुगेका दुर्गम क्षेत्रका बालबलिकाहरु ई रोगबारे जानकारी दिने, कुन बेला अस्पताल लाने तथा बालबालिकाहरुलाई स्वास्थ्य सचेतना बारे विभिन्न रोगहरुको बिषयलाइ समेटिएको छ ।’–लेखक सिंहले भने –प्रतिष्ठानमा म केही विमारीको उपचार गर्छु तर यो पुस्तकको माध्यमबाट हजारौलाई सहयोग पुग्ने छ भन्ने अपेक्षा छ ।’

प्रमुख अतिथि प्राडा ज्ञानेन्द्र गिरीले यस पुस्तकले स्वस्थ्यका बिभिन्न आयामलाई सरल र सहज ढङ्गले आम मानिसमा बुझाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पुस्तकमा नवजात शिशुको हेरबिचारदेखि राष्ट्रिय खोप तालिका, बच्चाहरुको उचित ख्याल, विभिन्न रोगहरुको बिषयमा घरमै बसेर पनि गर्न सकिने उपचार विधिबारे जानकारी दिइएको छ । पुस्तकका स्वास्थ्य सम्बन्धि जनहितका सन्देश, प्राकृतिक विपत्तिबाट बच्ने सन्देशहरुसमेत समेटिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिए ।

आमचोक सरोकार समाज सुनसरीले प्रकाशन गरेको पुस्तक बिक्रीबाट आएको रकमले बिपि प्रतिष्ठानमा उपचारका लागि आउने दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिकाहरुको उपचारमा खर्च गर्ने गरि संस्थामा ५० हजारको कोष समेत बनाइएको कार्यक्रममा संस्थाका सचिवसमेत रहेका कार्कीले जानकारी दिए ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक गोपिकृष्ण खतिवडाले पुस्तकको उपयोगिताबारे प्रकाश पार्दे प्रतिष्ठानबाट प्रसुती सेवा लिएर जाने हरेक आमाहरुलाई यो पुस्तक कोशेलीको रुपमा बितरण गर्न सुझाएका थिए ।

tank कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, अस्पताल निर्देशक प्राडा साहलगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा दन्त चिकित्सा तथा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेल, न्यूरो सर्जन डा. आलोक दाहाल, मुटु रोग सर्जन डा. विजय साह, नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राई, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत विपत व्यवस्थापन संयोजक रवि खनाल, राप्रपा धरान नगर अध्यक्ष नविन पराजुली, नेपाल यातायात मजदुर संगठनका प्रदेश उपाध्यक्ष रविन अधिकारी, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य लीला गुरुङलगायतको उपस्थिति रहेको थियो ।
उक्त पुस्तक किस्तीका चौधरीले डिजाइन गरकी छन् भने पुस्तक प्रकाशनमा लक्ष्मी बाँनियाले व्यवस्थापन गरेका थिए ।

116574330_293723098550829_2459951510847164022_n 115936262_741738763322893_4100517089519338982_n