झापा /  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रको आयोजनामा सोमवारदेखि सचेतना सप्ताह शुरु भएको छ । संस्थाद्धारा सञ्चालन हुने सप्ताह सचेतना कार्यक्रम साउन १८ गतेसम्म सञ्चालन हुने छ ।
सो कार्यक्रम लघुवित्त महिला सदस्यहरु माझ सञ्चालन गरिने सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले बताए ।

सचेतना कार्यक्रम अन्तर्गत स्वास्थ्य सचेतना, प्राकृतिक प्रकोप पूर्व तयारी सचेतना, वित्तिय परामर्श सचेतना, बालबालिका शिक्षा सचेतना, करेसाबारी निर्माण कृषि सचेतना छन् ।

त्यसैगरी टनेल प्रविधि अर्गानिक कृषि सचेतना र घर बँगैचा निर्माण, पशु व्यवस्थापन तथा सरसफाई सचेतना लगायत रहेको प्रमुख भारतीले जानकारी दिए । सोहि कार्यक्रमका विच सावन मास्क वितरण, असाहय वालबालिकालाई छात्रवृत्ति वितरण महिला समुह सदस्यलाई तरकारी विउ वितरणलगायतका कार्यक्रम रहेको भारतीले बताए ।