विराटनगर / समयमै मनसुन सक्रिय भएकोले प्रदेश १ मा सतप्रतिशत रोपाइ हुने भएको छ । गत वर्ष ९० प्रतिशत मात्र रोपाइ भएको प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाई हुने भएको हो ।

यस वर्ष समयमै वर्षा भएको कारण प्रदेशमा रापाई अन्तिम चरणमा पुगेको प्रदेशको भूमि व्यवस्था, तथा कृषि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले दिएको जानकारी अनुसार प्रदेश १ मा आइतबारसम्म ८८ दशमलप ९३ प्रतिशत रोपाई सम्पन्न भएको जानकारी दिए । ‘प्रदेश १ मा रोपाईको प्रतिशत अन्तिम चरणमा पुगेको छ,’प्रवक्ता उप्रेतीले भने, ‘साउन भरीमा प्रदेश १ मा सतप्रतिशत रोपाई हुनेछ ।’ अहिले तराईको केही भागमा कृषकले सनपाट लगाएका छन् । सनपाट बाली निकालेपछि कृषकले धान रोप्ने भएको कारण अहिले तराइको केही भूभागमा रोपाई बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता उप्रेतीका अनुसार प्रदेश १ मा धान रोपाई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३ हजार ९८ दशमलव ६२ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको जानकारी दिए । यो कुल क्षेत्रफलको ८८.९३ प्रतिसत हो ।

प्रदेशको सबैभन्दा बढी अन्न उत्पादन हुने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी रोपाई भएको छ । तराइको तीन जिल्लामा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान हुने मध्ये २ लाख ६ हजार ७ य २० हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको मन्त्रालयले जनाएको छ । यो कुल क्षेत्रफलको ९१.५५ प्रतिशत हो । जसमध्ये झापामा ९४, मोरङमा ९० र सुनसरीमा ९० प्रतिशत रोपाई भएको छ । प्रदेशको ८ जिल्लालाई समेटिएर बनाएको उच्च पहाड क्षेत्रमा ८७.४५ प्रतिशत रोपाइ भएको छ ।

जसमध्ये पाँचथरमा ८५, इलाममा ७८, भोजपुरमा ९०, तेह्रथुममा ७८, धनकुटामा ७५, उदयपुरमा ८५, ओखलढुङ्गगामा ८३ र खोटामा ८३ प्रतिशत रोपाइ भएको मन्त्रालयले जनाएको छ । यसैगरि उच्च पहाडी जिल्लामा ८७.४५ प्रतिशत रोपाइ भएको छ । जसमध्ये ताप्लेजुङ्गमा ९३, संखुवासभामा ८३ र सोलुखुम्बुमा ९६ प्रतिशत रोपाइ भएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष साउन १२ गतेसम्म ७१ दशवलप ७८ प्रतिशत मात्र रोपाइ भएको थियो ।