धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी युनिट वान वार्डमा एक विरामीको मृत्यु भएको छ ।

आइतबार विहान धरान २ की ७० बर्षीय भीमश्वरी ल्वागुनको निधन भएको उनका आफन्तहरुले बताएका छन् । मृतक परिवारले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् । उनलाई केही दिनदेखि उनी सर्जरी युनिट १ को बेड नम्बर १७ मा उपचार गराइरहेको थियो ।
दिसा जाम भएपछि उनलाई परिवारले उपचारको लागि वीपी प्रतिष्ठान पु¥इएको बताइएको छ । हिजो नै अप्रेशन गर्ने भनेर सबै तयारी भए पनि आइसियुको अभाव भन्दैं विभागले अप्रेशन नगरेर वार्ड मै फर्काएको मृतकका आफन्तले बताएका छन् । डाक्टरको गम्भीर लापारवाहीले विमारीको मृत्यु भएको भन्दैं आफन्तले केही बरे शव बुझन नमानेको अस्पतालले जनाएको छ । पछि चिकित्सकसँगको छलफल पछि शव बुझेका थिए ।

मृतककी साहिली बहिनी लक्ष्मीदेवीले प्रतिष्ठानमा मान्छे हेरेर सेवा दिने गरेको पाइएको गुनासो गरिन ।
यस विषयमा सर्जरी विभागका विभागीय प्रमुख डा. राकेश गुप्ताले आफु कहाँ कुनै जानकारी नै नआएको घटनाबारे अनभिग्य रहेको जवाफ दिए । ‘धेरै युनिट छ । धेरै डाक्टर सापहरु हुनु हुन्छ । कहाँ के भएको थाहा भएन ।’–प्रमुख गुप्ताले ब्लाष्ट खवरसँग भने ।