अक्सफोर्ड विश्वविद्यालयद्वारा कोरोनाविरुद्धको खोपमा ठूलो सफलता प्राप्त गरेको दाबी

alt
  • श्रावण ६, २०७७
  • ब्लाष्ट खबर

धरान /  कोरोना भाइरसविरुद्धको औषधिको होडमा लागिरहेका ठूला शक्तिमध्ये बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता प्राप्त गरेको जनाएको छ ।
उसले कोरोना भाइरसविरुद्धको खोप विकासमा निकै ठूलो सफलता हात लागेको जनाएको हो । यो कुरा बीबीसीले उल्लेख गरेको छ । एक हजार ७७ जना मानिसमा गरिएको परीक्षणबाट ‘एण्टीबडी’ भनिने रोगसँग लड्ने क्षमताको विकास भएको पाइएको जनाएको छ । खोप सुरक्षित रहेको र यसले प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत देखिएको बीबीसीले उल्लेख गरेको छ ।

मानिसहरूमा गरिएको परीक्षणमा खोपले श्वेत रक्तकोषसँग मिलेर कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमताको विकास भएको पाइएको विश्वविद्यालयले जनाएको छ । यसले महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न ठूलो आशा जगाएको बताइन्छ । यसलाई ठूलो समूहमा परीक्षण गरेपछि थप पुष्टि हुन सक्ने भन्दै अहिले वैज्ञानिकहरू त्यसमा खटिएका छन् । बेलायत सरकारले १० करोड डोजको माग पनि गरिसकेको उल्लेख गरिएको छ ।

 

हर्क साम्पाङको रिहाई ...

ब्लाष्टखबर । धरानकाे खानेपानीकाे मुहानमा पाईप तोडफोड गर ...

मोरङको रंगेलीमा २८ स ...

विराटनगर / मोरङको रंगेली नगरपालिका भित्र शुक्रबार २८ जन ...

हरियाली सामुदायिक वन ...

ब्लाष्टखबर । हरियाली सामुदायिक वनकाे आवास गृहमा&nb ...

मोरङमा ६२ र सुनसरीम ...

विराटनगर । मोरङमा ६२ जना सहित प्रदेश १ मा शुक्रबार ९५ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved