देउराली । धरान ५ सुन्दर बस्तीमा सेउती खोलाले घर बगाएका विस्थािपत तिन परिवारलाई राहत प्रदान गरेको छ ।
सामुदायी टोल विकास संस्था तल्लो देउरालीको पहलमा होप धरान र लायन क्लव अफ इटहरी स्मार्ट सिटिले संयुक्त रुपमा बिहिबार धारान चुम्थङ् समथल डोजोमा एक कार्यक्रमको आयोजना गरी राहत प्रदान गरेका छन् ।
राहत वितरण कार्यक्रममा असार २७ र २८ गते सेउती खोलामा आएको बाढीले घर बगाएका विस्थापित भएका जितबहादुर लिम्बु, तिलक बस्नेत र चन्द्र जाेगीकाे परिवारलाई डस्ना, म्याट लयायतका सामाग्री सहित प्रति परिवार ५ हजारका दरले नगद प्रदान गरेको होप धरानका अध्यक्ष निश्चल पलिखेले बताएका छन् ।
खाेलाले घर बगाएपिछ पूर्ण रूपमा विस्थापित भएका बस्नेत र जाेगीकाे परिवार छिमेकीकाे घरमा अश्रय लिएर बसेका छन् भने लिम्बु खाेलाले बगाएकाे ठाउँ भन्दा केहिमाथी आफ्नै घरमा बस्दै आएका छन् ।
राहत पाएसंगै खुसी व्यक्त गर्दै बस्नेतले राहत दाताहरूलाइ धन्यवाद दिदै आफ्नाे अन्यत्र केहि नभएकाले पुर्नस्थापनाकालागी सहयाेग गरिदिन आग्रह समेत गरेका छन् । उनले भने ' मेराे जती थियाे सबै खाेलाले बगायाे राती १२ बजे घर बगाएकाेले केहि जाेगाउन सकिन अब मेराे केहि छैन । अर्काकाे घरमा बस्दै आएकाे छु । फेरी आफ्नै घरमा बस्ने इच्छा छ सहयाेग गरिदिनु पर्याे । '
बस्नेत लामाे समयदेखी बिरामी भएकाे र मासिक ५ हजारकाे आैषाधी खानु पर्ने भएकाे बताउदै उनिकी श्रीमतीले भन्छिन् ' घर बगायाे बास पनि छैन श्रीमान काम गर्न सक्नु हुन्न मेराे राेजगार छैन अब कसरी धान्ने ? सबैले सहयाेग गरिदिनुहाेस् । हामी रहरले हाेलाकाे किनारमा बसेका हैनाै । '