सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश सरकारको ८० लाखको सम्मान

alt
  • असार ३१, २०७७
  • ब्लाष्ट खबर

विराटनगर / प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ ।
प्रदेश सरकारले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।  एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ जना गरि ८८ खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित हुने खलाडीहरूका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गरे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताए ।

सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए । कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।

सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सय सम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजार सम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँ सम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए । १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनले बताए । उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको बताए ।
फोटो छ ।

प्रदेश १ ले पिसिआर प ...

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराक ...

मेचीनगरका एक चिकित्स ...

भद्रपुर/ सीमा नाकासँग जोडिएको झापाको मेचीनगर नगरपालिकाम ...

बीपी प्रतिष्ठानको रज ...

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै न ...

धरानको लकडाउन दृष्य, ...

धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प् ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved