देउराली । धरान ५ स्थित सुन्दर बस्तिमा सेउती खाेलाले घर बगाएर पिडित भएका तीन परिवारलाई नेपाल रेडक्रस साेसाइटी सुनसरीले राहत वितरण गरेकाे छ । 

असार २७ र २८ गते गरी जितबहादुर लिम्बु, तिलक बस्नेत, चन्द्र जाेगीकाे घर बगाएकाे थियाे । घर बगाएसंगै पिडित भएका तीन  परिवारलाई सासाइटीले बाल्टि, तन्ना, त्रिपाल कम्बल लगायतका  आपतकालिन राहत वितरण गरेकाे हाे । 

पिडित मध्याे  बस्नेत र जाेगी बस्तिमै खाली रहेकाे अर्काकाे घरमा अस्रय लिएर बसेका छन् भने लिम्बुकाे भने बगाएकाे स्थान देखी केही माथि अर्काे घरमा बस्दै आएका छन् । उनिहरूलाई वडाध्यक्ष सान्ताेस लिम्बु, अस्थाइ प्रहरी पाेस्ट देउरालीका इन्चार्ज, ससस्त्र प्रहरीका डिएसपी तथा स्थानिकाे सहभागीतामा राहत वितरण गरिएकाे थियाे ।

राहत वितरण संगै स्थानिय प्रतिनिधि, ससस्त्र, प्रहरी लगायत स्थानियहरूकाे सहभागितमा करिब १५ थान जालि लगाई जाेखिम युक्त क्षेत्रमा आपतकालिन सुरक्षाकालागी तटबन्धन पनि गरिएकाे वडाध्यक्ष लिम्बु बताएका छन् ।