देउराली । लगातार वर्ष संगै सेउती र अधेरी खोलामा आएको बाढीले धरान ५ देउरालीका ४ घर बगाएको छ । देउरालीको तल्लो भेग सुन्दर बस्तीमा दुई दिन यता तीन घर बगाएको छ भने अधेरी खोलाले एक घर बगाएको छ ।

शुक्रबार सेउती खोलामका आएको बाढि  सुन्दर बस्तीका जित बहादुर लिम्बुको घर बगाएको थियो । शविबार राती आएको बाढिले तिलक बस्नेत घर बगाएको छ । आइतबार बिहान चन्द्र जेगीको घर बगाएको छ । त्यस्तै, अधेरी खोलामा आएको बढीले देउरालीको ढकाल टोलमा आइतबार नै एक घर बगाएको छ ।

66

खोलाले घर बगाएपछि आफूहरु विचल्ली भएको तिलक बस्नेतले बताएका छन् । उनले भने ‘ खोलाले घर बगायो राती देखी सुतेका छैनौ भोली कहा बस्ने हो थाँहा छैन ।’ खोलाले केहि बर्ष अघिदेखी बस्ती कटान सुरु गरे संगै  लिम्बु भने खोलाको कटान क्षेत्र भन्दा केहि माथी सरेकाले उनको घर मात्र बगाएको छ । त्यस्तै, जोगी पनि खोलाले कटान सुर गरेसंगै छिमेकीकोमा आश्रय लिन पुगेका छन् । बस्नेतले सेउती र अधेरीले घर बगाउन थालेपछि आफूहरुलाई उठिबास लगाएको भन्दै बस्ती संरक्षण गरीदिन स्थानिय सरकारलाई आग्रह गरो छन् । उनले अन्यत्र जग्गा नहुनाले दु:ख पाएको भन्दै आफूलाई बस्ने व्यवस्था गरिदीन आग्रह पनि गरेका छन् ।

badi

अलिल्लो वर्ष मात्र घर बगाएकाले सोहि ठाउँमा भाडामा बस्दै आएकी गंगा राई सुन्दर बस्तीमा प्रत्येक वर्ष दुई खोलाले कम्तीमा ५ घर बगाउने गरेका बताएकी छिन् । खोलाले दैनिक कटान सुरु गरे पछि ५ नम्बर वडाका वडाध्यक्षले सन्तोस लिम्बुले एपिएफका जिल्ला प्रहरी इन्चार्ज कृष्ण ढकालको सहयोगमा २० थान जाली लागाउने काम भईरहेको बताएका छन् ।

उनले उपमहानगरपालिका लगायतका संघसंस्थालाई जानकारी गराएको भएपनि नगरको बजेट तत्काल चलाउन नमिल्ने भएकाले हालकालागी जोखिम न्युनिकरण गर्न उक्त जाली लगाइने बताएका छन् ।

00

उनले पछिल्लो समय विक्रिकालागी खोलाको जग्गा आगट्ने गरेकाले पनि प्रत्येक वर्ष जोखिम रहि रहने गरेको पनि बताएका छन् । लिम्बुले भने ‘ जाली लगाउँछौ अनी खोलाले ठाउँ छाड्छ अनी त्यही वर्षमा केरा र बास लगायो हिउँदामा सम्याएर घडेरी तयार पार्ने र पहाडबाट आएका मानिसहरुलाई बिक्रि गर्ने गरेका पाइएको छ । त्यसले गर्दा प्रत्येक वर्ष खोलाको जोखीम रहिरहेका छ ।’

88

उनले वडासंग समन्यन नगरी त्यस्ता ठाँउहरुमा विजुलीको पोलहरु लगाउनाले थप जोखिम बढेको भन्दै प्रश्न गरे ‘ यहाँ विजुलीका पोलहर लडेका छन् , वडासैग समन्यन नै नगरी यस्तो ठाउँमा विजुलीका पोलहरू लगाइएको छ, भोली दुर्घटना भयो भने त्यसको जिम्मेवार को हुन्छ ?’

000

लिम्बुले खोलाले घर बगाएर विस्थापित भएका परिवारकालागी नगरबाट समन्यन गरी व्यावस्थापन गरिने बताएका छन् ।

खाेलाले घर बगाएसंगै विस्थापित भएका परिवारहरूकालागी तत्काल राहतकाे आवश्कता रहेकाे स्थानिय डिल्लि लिम्बुले बताएका छन् । उनले भने यहाँ सबै मजदुरहरू बसेका छाैं । कसैले पनि भाेलिकालागी भनेर साच्न सक्ने क्षमता छैन उनिहरूलाइ बस्ने ठाउँकाे व्यावस्था गरिदिनु पर्छ । यहा अधिकांश जग्गाहरू खाली नै छन् । मजदुरले सुकुम्बासीमा बास पाउदैनन् भने किन खालि छन् यि जग्गाँ ? खाेजि हुनु पर्छ । '

77