• सिंह चाम्लिङ राई

उदयपुर / उदयपुरको त्रियुगा नदिले बगाएर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ देउरीस्थित त्रियुगा नदि तर्ने क्रममा नदिमा आएको बाढीले बगाएर मानन चौधरीलाई बगाएको हो ।

त्रिनपा–९ गैरुन निबासी ६० वर्षीय चौधरी शनिबार करिब साढे ५ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल उदयपुर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।