धरान  / धरान–३ स्थित निराजन बस्ती जाने बाटोमा पहिरो गएको छ । आज राती आएको पानीले स्थानीय विनोद मगरको घरमा क्षतिपुगेको धरान उपमहानगरपालिका न्यायीक समिति सदस्य विकाश बनेपालीले जानकारी दिए ।

स्थानीय छिन्छिङ भोटेको घर पनि पहिरोको जोखिममा परेको बताइएको छ । गत बर्षको पानीले पहिरो गए पछि वाल उठाइएको थियो ।

यता सर्दु खोलामा आएको बाढीले धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति पार्कको वाल भत्काएको छ । आज राती सर्दुमा आएको बाढीले धरान १६ को नौलो बस्तीमा निर्माणाधिन पार्कको जग्गा संरक्षण गर्न निर्माण गरिएको वालको ४ वटा सेट भत्काएको स्थानीयले बताएका छन् । हालसम्म ३ वटा वालको सेट भत्किसकेको वडा अध्यक्ष दिलकुमार गिरीले जानकारी दिएका छन् ।