धरान / शनिवार दिउँसोदेखि सर्दु खोलाले बगाएर बेपत्ता भएका धरान–१३ का रामबहादुर बस्नेतको शव धरान–११  मा भेटिएको छ ।
उनको शव धरान ११ स्थित मंगलवारे छेउको खोला किनारमा फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बगेको स्थानाबाट ५ किमी तल उनलाई फेला पारिएको हो । 

आज विहान खोलामा दाउरा संकलन गर्न जानेहरुले शव देखे पछि प्रहरीलाई खवर गरेका थिए ।
शव पोस्टमार्टमाका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।