ब्लाष्टखबर ।  तोलामा ९ सय रुपैयाँले  बढेर नेपालमा पुन: सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।बुधबार ९१ हजार ५ सयमा काराेबार भएकाे सुनकाे मुल्य बिहीबार प्रति तोलाकाे मुल्य  ९२ हजार ४ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । 

यस्तै चाँदीको मूल्यमा पनि २५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार चाँदी तोलाको ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलाको ९५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघका महासंघले जनाएको छ।