मधुमल्ला/ दक्षिणी इलामको माङ्सेवुङ गाउँपालिका वडा नं. ६ कुसुन्डेमा बिभिन्न दाताहरुसँग सहयोग संकलन गरि खेल मैदान निमार्ण कार्य सम्पन्न भएको छ ।

कुसुन्डे युवा क्लबको पहलमा सो स्थानमा सात-सात जना खेलाडीहरु खेल खेल्न मिल्ने खेलमैदान निमार्ण सम्पन्न भएको क्लबका सल्लाहाकार भुपाल राईले बताए ।

सो खेल मैदान निमार्ण गर्न सहयोगीदाताहरु देउमान तामाङ र सुजन राईले ५० हजार र स्थानीय बासीहरुबाट १ लाख सहयोग संकलन गरि १ लाख ५० हजारको लागतमा ४० मिटर चौडाई र ५० मिटर लम्बाई भएको खेल मैदान निमार्ण कार्य सम्पन्न भएको क्लबका सदस्य जनम राईले बताए ।

खेल मैदान निमार्ण भएसँगै दक्षिणी इलामको दुर्गम मानिने कुसुन्डे आसपासका युवाहरु फुटबल खेल्न घन्टौं धाएर अन्यत्रै जानु पर्ने बाध्यता हटेको स्थानीय खेलाडी साहिल राईले बताए ।

खेलमैदान निर्माण सम्पन्न भए पनी बजेट अभावका कारण पोल निमार्ण तथा खेलमैदानलाई मापदण्ड अनुसारको बृहत बनाउने काम रोकीएकाले सहयोगी दातहरुलाई सो अपुरो काम पुरा गर्न सहयोग गरिदिन क्ल्बका अर्का सदस्य बिजु राईले अपिल गरेका छन् ।