ब्लाष्टखबर । नेपलकाे बजारमा सुनकाे मूल्य बढ्नेक्रम जारी रहकाे छ । बुधबार प्रति ताेला छापावाल सुनकाे मूल्यमा ६ सयले बढेर ९१ हजार ५ सय रूपैँया कायम भएकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनकाे मुल्य प्रति ताेला ९१ हजार ६० रूपैयाँ रहेकाे छ । चादिकाेमा भने ताेलामा ५ रूपैयाँ बढेर ९५५ रूपैया कायम भएकाे छ । 

मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ४६० रुपैयाँ रहेको थियो । चाँदीको मूल्य  प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो ।