धरान / इटहरी उपमहानगरपालिकाका नगरसभा सदस्यहरूले इटहरी नगरको बजेट साथै नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताएका छन् ।
सातौं नगरसभाको दोस्रो बैठकमा नगरसभा सदस्यहरूले नगरको बजेट साथै नीति तथा कार्यक्रम हालसम्मकै उत्कृष्ट रहेको बताएका हुन् ।

नगरसदस्य गणेश खत्रीले उत्कृष्ट बजेट रहे पनि व्यवस्थापन सही ढङ्गले गर्न आग्रह गरे । नगरसभा सदस्य डिकबहादुर राईले बजेट व्यवहारिक र उत्कृष्ट रहेको बताए । अर्का सदस्य कर्णबहादुर पौडेलले इटहरीमा प्रमुख प्रशासकीय अधिकृत चाँडो–चाँडो परिवर्तन नगर्नका लागि आग्रह गरे । बैठकमा उपप्रमुख लक्ष्मी गौतमले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ पेश गरेकी थिइन् ।