पारस काङ्माङ राई

कम्युनिष्ट र कम्युनिष्ट पार्टीहरू भौतिकवादलाई विश्वास गर्छन्, आध्यात्मिकवादलाई होइन । माक्र्सवाद भौतिकवादी द्वन्द्ववादी विज्ञानसम्मत दर्शनशास्त्र हो । काल्पनिक, नदेखेको, नभोगेको स्वर्ग, नर्क, पाप–पुण्य, धर्म, अधर्म, ईश्वरीय अवतारको विश्वास गर्दैन । नेपाली समाजमा ईश्वरीय अवतारको प्रभाव त छँदैछ । तर नेपाली समाजको आध्यात्मिक चिन्तन, चेतनाको अभावको परिणाम हो भने विकसित राष्ट्रहरूले अपनाएको आध्यात्मिक चिन्तन चेतनाले नै उजागर गरेको र राजनीतिलाई आफ्नो कावुमा राख्नु हो । जब कम्युनिष्टहरू जीवनमा ईश्वरलाई आदर्श मान्न पुग्दछन, तब उनीहरूले माक्र्सवाद÷भौतिकवादको प्रशिक्षित आदर्शलाई श्रद्धाञ्जली चढाउन पुग्दछन् । सामन्तवादी राजतन्त्र आफूलाई ईश्वरीय विष्णु भगवानको अवतार ठान्थे । एक समयमा कम्युनिष्ट आन्दोलनको नेता मोदनाथ प्रश्रित, द्वन्द्ववादी भौतिकवादी थिए । तर अहिले आएर आध्यात्मिकवादको प्रचार गरिरहेका छन् । जबज, एसज, जनताको जनवाद, नौलो जनवाद, परिमार्जित नौलो जनवाद आदि सैद्धान्तिक पक्षलाई हेर्दा कहीँ कतै ईश्वरीय अवतारको प्रभाव र देनलाई स्वीकार गरेको छैन । तर जब स्वर्ग, नर्क, पुनर्जन्मको कुरामा विश्वास गर्छन्, तब आफ्नो पतनको बाटो आफै कोर्छन् । (लेखनाथ न्यौपाने ः २२ फागुन, नयाँपत्रिका) कम्युनिष्ट पार्टीहरू वैचारिक विचलनमा पर्दै जाँदा पुरानै समाजतिर फर्किरहेका छन् ।

किनकी समाज जस्तो छ, त्यस्तै प्रकारको राजनीतिक पार्टीले समाज परिवर्तन तथा रूपान्तरण गर्न सक्दैन । नेता, नेतृत्व, कार्यकर्ताको चेतना स्तर जनता तहमा जस्तै हुन्छ भने जनताको नेतृत्वमा किमार्थ परिवर्तनको आन्दोलन हुन सक्दैन । विश्व भूमण्डलीकृत साम्राज्यवाद, पुँजीवाद नवउदारवाद सङ्कटमा पर्दै गइरहेको बेला विकासशील देशको विकास मोडेलले स्वतन्त्र बजारको अवधारणालाई चुनौती दिँदै लगेको छ । कुरा उठाउँदा शास्त्रीय कम्युनिष्ट भनिएला तर म टाढा जान्न कि पुष्पलाल श्रेष्ठ, मदन भण्डारी लगायतका नेता विचारकहरूले माक्र्सवाद/भौतिकवादलाई छोडेर कहाँ ईश्वरीय अवतारका कुरा गरेका छन् कि नेपालको भविष्य निर्माण विष्णु भगवानको हातमा छ भनेर ? यसअर्थमा कम्युनिष्टहरू भौतिकवादी÷माक्र्सवादी नै हुन्छन् ।

भौतिकवादी दृष्टिकोण
विश्वका कम्युनिष्ट पार्टीहरू भौतिकवादी दृष्टिकोणको आधारमा वस्तु र घटना बुझ्ने र त्यही बुझाइबाट चेतना निर्माण गर्ने पद्दति अङ्गीकार गर्दछन् । त्यसकारण भौतिकवाद विरुद्ध ईश्वरीय अवतारको शक्तिमा विश्वास गर्ने तथा गतिविधि गर्ने कम्युनिष्ट पार्टी हुन सक्दैन । लेनिनले भनेका छन्, ‘भौतिकवादले मानिसलाई एक यस्तो अखण्ड विश्वराष्ट्र प्रदान गर्दछ, जुन कुनै पनि प्रकारको अन्धविश्वास, आध्यात्मिकवाद, ईश्वरीय अवतार, प्रतिक्रियावादी प्रवृत्ति र पुँजीवादी उत्पीडनको पक्षपोषकको कट्टर विरोधी छ ।’ (२२ फागुन, नयाँपत्रिका) नेपालका कम्युनिष्टहरूले राजनीतिक दस्तावेजमा भौतिकवादी÷माक्र्सवादी दर्शनलाई नै मार्गनिर्देश सिद्धान्त भनी उल्लेख गरेका छन् । माक्र्सवाद, लेनिनवाद सर्वहारा श्रमिक मुक्तिको आन्दोलनको अडान कसेका छन् । तर व्यवहारिक पक्षमा नेतृत्व, नेता, कार्यकर्ता माक्र्सवादी, भौतिकवादी हुन् कि आध्यात्मिकवादी हुन् ? जब ईश्वरीय अवतारको प्रभाव पर्छ, ऊ भौतिकवादी–द्वन्द्ववादी हुन सक्छ ? बुर्जुवाहरूसँग मिलेर क्रान्ति गर्ने र चुनावमा पनि बहुमतको लागि प्रतिस्पर्धा गरेर समाजवाद–साम्यवादमा पुग्ने भनिरहेको छ ।

कतिपय सन्दर्भमा चुनाव जितेको रोमान्समा आफूलाई भौतिकवादी, माक्र्सवादी–लेनिनवादी, समाजवादी, साम्यवादी भनिरहेका छन् । ठीक छ, बुर्जुवाहरूसँग मिलेर मात्र प्रधान शत्रुलाई ढाल्न सकिने स्थिति र अन्तरविरोधलाई हल गर्दै जान सकिने रणनीति अपनाएको हो भने तर बुर्जुवाहरूसँगै सङ्गत गरी, दलाल पुँजीवादमै लिप्त भएर जान्छन् भने त्यो कम्युनिष्ट पार्टी तथा उसले मान्दै आएको भौतिकवाद, माक्र्सवाद मार्गनिर्देशक सिद्धान्तबाट विचलन पर्नु हो । मत किन्नुपर्ने, गुण्डाहरू प्रयोग गर्नुपर्ने, नेता, कार्यकर्तालाई चुनावमा पैसा बाँड्नु पर्ने, महँगो खान्तेपिन्तेको आयोजना गर्ने, सेटिङको नाममा कमिसनमा लिप्त हुने, मजदुरको नाममा निश्चित व्यक्ति पोषाउने, हाबी हुने आदि कामले भौतिकवादी–द्वन्द्ववादी, माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक धरातललाई हत्या गर्ने काम हुँदैछ ।

नेपालमा भौतिकवादी दृष्टिकोणको हुर्मतः
विश्व कम्युनिष्ट आन्दोलन खासगरी रुस, चीन हुँदै भारतको बन्दरगाहबाट नेपालमा प्रवेश गरेको हो । वि.सं. २००६ सालमा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेकपाको स्थापना भारतको कलकतामा भएको हो । नेपालकै भूमिमा स्थापना नगरेर किन भारतीय भूमिमा हुन पुग्यो भन्ने बारेमा जाँदा यो लेखको सन्दर्भमा असान्दर्भिक हुन जान्छ । अतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावमा नेकपाको स्थापना भएको भए पनि पुष्पलाल सर्वहारा नभएर मध्यम् वर्गका थिए । त्यसपछिका नेतृत्वहरू पनि मध्यम् र धनाढ्यवर्गले नै गरेको पाइन्छ । कम्युनिष्ट घोषणा–पत्र, राजनीतिक दस्तावेज, विधानअनुसार श्रमिक, मजदुर तथा सर्वहारावर्ग कम्युनिष्ट पार्टीको मुख्य शक्ति हो । यसभित्र पस्न पनि असान्दर्भिक हुनजान्छ । दोस्रो राष्ट्र (जन्म÷जात) मिलेर राष्ट्रवाद बन्छ र त्यही आधारमा राष्ट्रियता बलियो हुन्छ । युरोपमा राष्ट्रहरू विकसित भएर राज्यमा रूपान्तरण भएका थिए । तर नेपालमा राष्ट्र नै विकास हुन पाएको छैन । यसअर्थमा माक्र्सवाद–लेनिनवाद, भौतिकवाद–द्वन्द्ववादमा विश्वास राख्ने नेतृत्व नेता कार्यकर्ताहरू अति कम मात्र छन् । कुनै न कुनै प्रकारको आध्यात्मिकवादमा रमाउनेहरू धेरै छन् । यसले के पुष्टि गर्न सकिन्छ भने मक्र्सवाद–लेनिनवाद, भौतिकवाद–द्वन्द्ववाद र कम्युनिष्ट घोषणा–पत्र नपढी÷नबुझी माहोलको भरमा कम्युनिष्ट भए । समाजवादी, साम्यवादी विचार र आचरण नपढी÷नबुझी÷बुझेर पनि बुझ पचाएर÷जग नहाली, समाजवाद उन्मुख र संविधानमा पनि समाजवाद उन्मुखता भनेर सोलोडोलो लेखियो ।

माक्र्सवाद, भौतिकवाद, समाजवाद र साम्यवाद, लेनिनवाद, द्वन्द्ववाद के हो भन्ने कुरामा आम कार्यकर्ताले त बुझेका छैनन् भने जनताले कसरी बुझ्न सक्दछन् ? अर्थात् भौतिकवादले आध्यात्मिकवादलाई अस्वीकार गर्छ । यदि ईश्वरीय वरदानलाई कम्युनिष्टहरूले स्वीकार गर्ने हो भने त्यो माक्र्सवादी हो कि होइन ? पछिल्लो समयमा कम्युनिष्ट आन्दोलन बुर्जुवा भएर पुँजीवादी पार्टीमा रूपान्तरण हुनेक्रम जारी छ । यही कारण कम्युनिष्ट आन्दोलन नेपालमा निष्कर्षमा नपुग्ने बताउँछन् डा. सुरेन्द्र के.सी. (नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास भाग १,२,३) समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य दस्तावेजमा राख्ने तर काम र व्यवहार दलाल पुँजीवादको सङ्गतमा फस्ने ? ठोस परिस्थितिको ठोस विश्लेषण र व्यवहारिक कार्यान्वयन नै माक्र्सवाद हो । स्वयम् यसको हत्या गर्दै छन् । जब जनताका बीचमा वैचारिक संस्कृतिका कार्यहरू गर्दैनन्, तब यथास्थितिवादको चक्रव्यूहमा फस्दै जान्छन् । कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको अभ्यास जडशत्रुवादी यथास्थितिवादी पुरातन संस्कृतिवादी हुँदै गएको छ । माक्र्सवाद, भौतिकवादले धर्म, पाप, पुण्य, रुढीवादी, सामन्तवादी, दासयुग तथा पुँजीवादलाई अस्वीकार गर्छ । यसो भन्दा शास्त्रीय भन्छन् तर शास्त्रीय कम्युनिष्ट त तिनीहरू हुन्, जो भौतिकवादलाई अस्वीकार गर्दै धर्म, कर्म आध्यात्मिकतातिरै समाजलाई फर्काउन चाहन्छन् । यसकारण नेपालका कम्युनिष्टहरू भौतिकवाद, माक्र्सवादलाई मार्ग निर्देशक सिद्धान्त माने पनि व्यवहारमा पुरातनवादी छन् ।

खुला बजार अर्थतन्त्रको विकास मोडल त्रुटिपूर्ण
भौतिकवादी विश्व दृष्टिकोणका पक्षपातीहरू नै दैनिक जीवनमा ईश्वरलाई आदर्श मान्न पुग्छन् भने त्यो माक्र्सवादी हुन सक्दैन । कम्युनिष्ट पार्टी माक्र्सवाद÷भौतिकवाद÷विज्ञानलाई मार्गनिर्देशक सिद्धान्त मान्दछन् । माथि नै यसको चर्चा छ । पूर्व सोभियत मोडेलको कम्युनिष्ट पार्टी नेतृत्वको सत्ता ७५ वर्षपछि ढल्यो । दुई ध्रुवमा रहेको तत्कालीन विश्व एक धु्रवमा केन्द्रित हुन पुग्यो । उनीहरूको दाबी थियो, सामूहिक उत्पादन र सामूहिक बजार अर्थतन्त्रले विश्वलाई गरिब बनाउँदै लग्यो । तर पनि त्यसको केही वर्षपछि नै विश्व बहुध्रुवमा रूपान्तरित भयो । पुँजीवादी÷उदारवादी स्वतन्त्र बजार नीतिको अवधारणा नै त्रुटिपूर्ण बन्दै गएको निष्कर्ष निकाल्यो । त्यसपछि भूमण्डलीकृत साम्राज्यवादको रूप फेरिँदै गयो र पुँजीवादी उदारवादी राष्ट्रहरूसँग मत भिन्नता भए पनि एकसाथ उभिएर गरिब र साना राष्ट्रहरूमाथि खनिन थाल्यो । यसपछि नवउदारवादको नाममा बजार अर्थनीति अपनाएका छन् । तर यो पनि त्रुटिपूर्ण र सङ्कटग्रस्त बन्दै गएको छ । विश्वका विकासशील राष्ट्रहरू चीन–भारत आदि विश्व अर्थतन्त्रमा पकेट जमाउन उद्यत छन् । चीनको विकास एवम् प्रगति आर्थिक समृद्धि बिआरआई भीमकाय रणनीति हो । विश्वका करिब १ सय ६५ देशभन्दा बढीले बिआरआईमा हस्ताक्षर गरिसकेका छन् । उता बिआरआईसँग प्रतिस्पर्धा गर्न सन् २००४ मा गठन भएको एमसीसीको विकसित रूप सैन्य अभिष्टमा केन्द्रित गरेर अमेरिकाले इण्डो–प्यासिफिक रणनीति बनाएको छ । यस अर्थमा पुँजीवाद÷नवउदारवादले स्वतन्त्र बजारलाई टिकाउन सङ्कटग्रस्त बन्दै गए पनि प्रयत्न जारी राखेको छ । सामूहिक उत्पादन, सामूहिक बजार अर्थतन्त्र पनि विश्वमा टिक्न सकेन । कारण अरू थुप्रै भए पनि जब रुसमा समाजवाद लागू भयो, श्रमिकहरूले उचित दाम पाउन थाले । त्यो समाजवाद अन्तर्राष्ट्रिय अर्थनीति र राष्ट्रवादी अर्थनीतिमा लागू गर्न खोजेका थिए । जब मजदुरको गोजीभरि पैसा भए पनि सामान बजारमा पाउन छोडे । मजदुरहरू विलासीतिर आकर्षित हुन थाले र त्यो समाजवाद ढल्यो । अर्थात् जसले बजारमा सामान पर्याप्त बनाउन पर्दथ्यो । सामूहिक उत्पादन गर्न सामूहिक उत्पादन पद्धति चाहिन्थ्यो । यसलाई राम्ररी गोडमेल गरे धरासायी हुँदैनथ्यो । अर्थात् स्वतन्त्र बजार केवल भ्रम मात्र हो । ‘अझ मानिसले आफ्नो कामले अरूलाई के असर पारेको छ भनेर पहिचान नगर्ने हो भने बजारको निर्धारण शक्ति र लालचले गर्दै जानेछ ।’ (डायने कोयल ः २७ फागुन ने.रा.स.) शहरीकरण र जनघनत्व भएको इलाकामा करोडौं मानिस बस्छन् । तिनीहरू टाढा–टाढाको व्यक्तिलाई सम्म सम्पर्क गरिरहेका हुन्छन् । तर गाउँ र शहरमा अन्तरविरोध देखिन्छ ।

त्यसकारण पुँजीवादी सङ्कट समाधानमा यसको कुनै तुक छैन । नवउदारवादी अर्थशास्त्रीहरूले नै खुला बजार अर्थनीति सङ्कटमा पर्दै गएको बताउन थालेका छन् । डिजिटल अर्थशास्त्रको प्रकृतिले उदारीकरणको चिन्तनलाई चुनौती दिँदै लगेको छ । तर प्राज्ञिक अर्थशास्त्रीहरू यस विषयमा बोल्न भने सकेका छैनन् । अहिले अमेरिकी अर्थतन्त्र बढ्दो अशक्त अध्ययन, आर्थिक अनुसन्धान र आर्थिक नीतिबीचको खाडल तीव्र गतिमा कोरिएको छ । विश्वका विकासशील मुलुकहरूले अरूबाट प्राप्त नहुने क्षमता, नीति निर्माणसँग आर्थिक विकासको नयाँ मोडल संश्लेषण गर्ने, बौद्धिक साधन, संज्ञात्मक साधन, विकास निर्माणको चुनौतीसँग जोड्ने नवीन सोच बनाउन जरुरी छ । ‘विकासशील मुलुकमा आर्थिक असमानताको रूप विकसित मुलुकको भन्दा भिन्न हुन्छ ।’ (अरविन्द सुक्रामनियन÷जोस फेलम्यान ः २७ फागुन नयाँपत्रिका) । त्यसैले उत्पादनको साधन पनि भिन्न चाहिन्छ । यो चाहिँ स्पष्ट छ कि उदीयमान मुलुकको चुनौती, आर्थिक वृद्धिका साधनहरू विकसित मुलुक र त्यसका संस्थाहरूमा होइन, स्वदेशमै हुनेछ । चीनमा त्यस्तो बौद्धिक र प्राज्ञिक क्षमता छ, जसको कारण आर्थिक विकासको गति तीव्र छ । नेपालमा मात्र होइन, विश्वमा नै स्वतन्त्र उदारीकरण बजार अर्थनीति सङ्कटग्रस्त बन्दै गएको छ । यस्तो अवस्थामा ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै माक्र्सवादी, भौतिकवादी, समाजवादी, साम्यवादीहरूले सामूहिक उत्पादन, स्रोत साधनमा आधारित अर्थतन्त्र विकास मोडललाई अङ्गीकार गर्न जरुरी छ ।

अन्त्यमा,
अर्थशास्त्रलाई दिशानिर्देश गर्न तीक्ष्ण विश्लेषनात्मक उपकरण चाहिन्छ । अर्थशास्त्रलाई सही निर्देशन नीति निर्माताहरूले गर्नसके व्यापक प्रगति हुनेछ । स्वतन्त्र बजारमा स्वतन्त्ररूपले नै कारोबार गर्छन् भन्ने अवैज्ञानिक अवधारणाबाट मुक्त हुनुपर्छ । सन् २०२० को अर्थतन्त्रलाई पनि ध्यान दिन सक्नु पर्दछ । अब माक्र्सवादी÷भौतिकवादी दर्शन कुनै विद्वान, पार्टीका नेता, कार्यकर्ताले मात्र होइन, सिङ्गो विश्वका मानव समुदायको हिस्साले पढ्नुपर्छ । भुलेका छन् भने पुनर्ताजगी गराउनु पर्छ । माक्र्सवाद÷भौतिकवाद परिवर्तनमा विश्वास राख्ने सिद्धान्त भएकाले ईश्वरीय अवतार आदर्शका कुरा गर्दैन । यसरी मात्र विश्व अर्थतन्त्रमा मन्दी आउने छैन र समाजवादी साम्यवादीहरूले विजय हासिल गर्दै जानेछन् । नेपालको मगन्ते, स्वतन्त्र बजार, निजीकरण, उदारीकरण, पुँजीवादी अर्थतन्त्रको पाटोले सीमित व्यक्ति धनी बन्ने बहुुसङ्ख्यक व्यक्ति गरिब हुँदै जाने अवस्था निर्माण गरेको छ । अबको आन्दोलन यसैको विरुद्धमा हुनुपर्दछ ।