शिव लामिछानेको भिडियो सार्वजनिक

alt
  • असार २२, २०७७
  • ब्लाष्ट खबर

धरान / पछिल्लो पुस्ताका लोकप्रिय धराने गायक शिव लामिछाने ‘शिबाज' ले आफ्नो नयाँ गीत हामी छौं साथ छ हातमा हात'  म्युजिक भिडियो सहित निकालेका छन् ।

कृपा अनप्लगड जस्तो चर्चित म्युजिकल शो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन । हर्कुलस बस्नेत को शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेती भिडियो सम्पादन गरेका छन् ।

भिडियोमा कलाकारको रुपमा नेपाललगायत चीन , जर्मनी , हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुको संग्लनता रहेको छ । महामारीको प्रकोपसँगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाई ,दिदि बैनी ,इस्टमित्र , आमा बाबु ,परिवारको मुहारमा केहि उज्यालो आवस भन्ने मेरो मात्र नभएर हामी सबैको आकांछा रहेको गायक शिब लामिछाने बताउँछन् ।

विगत देखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं। हाम्रो सब भन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो क्ष् र गायक लामिछानेलेभने ।

एउटै छ सुर्य हाम्रो
एउटै छ चन्द्रमा
बद्लिनु छ परे भने
परिस्थिति मिलिजुलि
सपार्नु पर्छ छोरा बनि
समाल्नुनि छ हाम्रो यो देश लाई

हामिछौं साथ छ हातमा हात
मिलांउदै जो कांधमा कांध

 

बेलबारीका एक प्रहरीम ...

विवेक मिश्र बेलवारी / मोरङको बेलबारी स्थीत रहेको ई ...

ओरियन कम्पनीको अठार ...

भद्रपुर / अबैध रुपमा भारतबाट ल्याउँदै गरेको ओरियन कम्पन ...

विराटनगरमा चार वर्षक ...

विराटनगर /  विराटनगर १७ मा चार वर्षको एक जना बालकल ...

उपकुलपतिकाे कार्यकक् ...

धरान  / नेपाली कांग्रेसनिकट नेपाल तरुण दल नगर र मह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved