धरान  / लामो समयदेखि सार्वजनिक यातायता नचलेर समस्यामा परेका यातायात मजदुरहरुलाई धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्षको पहलमा २ सय मजदुर परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयोजनमा धरानका २ सय मजदुर परिवारलाई प्रति परिवार १५ केजीको दरले चामल वितरण गरिएको संगठनका धरान उमपहानगर अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
चैत ११ गतेदेखि गाडी चलेका छैनन् । गाडीमा काम गरेर विहान बेलुका छाक टार्ने मजदुर भोकै नपरुन भनेर देश विदेशमा बस्ने नेपालीहरुको सहयोगमा राहत जुटाएको वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।

106808763_1621635817990186_2068749861424342680_n

‘म पनि विगतमा यातायात व्यवसायी भएका कारण उनीहरुको समस्या जानकार छु । त्यसैले मेरो व्यक्तिगत पहलमा मजदुर साथीहरुलाई राहत जुटाएको हु ।’–वडाध्यक्ष इवारमले भने–‘यति बेला सरकारले पनि राहत बाढ्न स्थगन गरेको छ । यस्ताे बेलामा केही राहत हुने भएकाले मजदुर संगठनको अनुरोधमा राहत जुटाएको हु ।’

दुई सय परिवाललाई राहत व्यवस्थापनका लागि धरान ३ स्थित शहरमान लिम्बु र सरस्वती लिम्बुले १८० केजी चामल, धरान १५ का प्रदिप श्रेष्ठले ५ सय केजी चामल, धरान हङकङ मञ्चबाट एक हजार ८० केजी चामल  सहयाेग गरेका थिए । साथै सुनसरी उद्याेग बाणिज्य संघलेसमेत सहयाेग गरेकाे छ ।  

106937987_321538132184291_6774397613681322348_n

लकडाउनको समयमा यातायात मजदुरहरुलाई विभिन्न दाताहरुको सहयोगमा १३ सय मजदुर परिवालाई ३ चरणमा राहत वितरण गरिएको संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए । धरानमा नेकपाका विभिन्न तहका नेताहरुले मजदुरका लागि सहयोग जुटाएको उनले बताए ।

धरान– १५ नं. वडा कार्यालयबाट वढाध्यक्ष इवारम, वडा सचिव हिला खत्री, संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, प्रदेश उपाध्यक्ष रविन अधिकारी, धरान नगर अध्यक्ष कमल भट्टराई, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्की र प्रदेश सदस्य रणध्यज लोहारलगायतको रोहवरमा वितरण गरिएको थियो ।