विराटनगर / औषधी व्यवसायमा भएको बिकृति, बिसङगतिहरू नियन्त्रण गर्दै व्यवसायलाई मर्यादित बनाएर समाजमा स्थापित पेशाको रूपमा अगाडी बढन पूर्वका औषधी व्यवसायीहरू एकता बद्ध भएर अगाडी बढने निर्णाय गरेका छन् ।
विराटनगरमा शनिबार भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्धका भएका व्यवसायीहरूले यस्तो निर्णाय गरेका हुन् । तीन जिल्लाका औषधी व्यवसायी संघका पदाधिकारीहरूकोे भेलाले व्यवसायीहरूमा भएको समस्याको सावधान अत्य गर्न संयन्त्र पनि बनाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी व्यवसायीको पेशालाई मर्याधित बनाएर नमुना व्यवसायीको रूपमा अब्बल सावित गर्न सबै व्यवसायीहरू एकजुट हुनुपर्ने बताए । ‘हामी भित्रको विकृतिहरू अन्त्य गरि औषधी व्यवसाय मर्यादित र समाजमा स्थापित पेशाको रूपमा अगाडी बढाउनु पर्दछ,’ अध्यक्ष तिम्सिनाले भने । यस्तै नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रबिन्द्र घिमिरले देशभरीका औषधी व्यवसायीहरू एक ढिका भएर समाजमा स्थापित पेशाको रूपमा व्यवसायीलाई चिनाउन लाग्नुपर्ने बताए । नेपाल औषधी व्यवस्था विभागसँग समन्वय र सहकार्य गरि व्यवसायीको समस्या सावधान गर्दै अगाडी बढने उनको भनाई छ । यस्तै नेपाल औषधी व्यसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले व्यवसायीहरुको समस्याको सावधान गरि औषधीको मुल्यमा एकरूपता कायम गरि अगाडी बढनुपर्ने बताए ।

यसैगरि कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएकोले यस क्षेत्रमा भएको बिकृति र विसङगतिहरूको अन्त्य गरि समाजमा मर्यादित पेशाको रूपमा स्थापित गराएर जानुपर्ने बताए । २०३० सालमा स्थापना भएको औषधी व्यावसायी संघ अहिले पनि सामाजमा स्थापित हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । औषधी व्यवसायी संघ सुनसरीका उपाध्यक्ष प्रभात श्रेष्ठले औषधी व्यवसायीहरूको सहकारी बनाएर समाजमा योगदान पु¥याउन सामाजिक कामहरू गरेर अगाडी बढनुपर्ने बताए ।
यस्तै औषधी व्यवासयी संघ मोरङका उप–कोषाध्यक्ष पुष्पराज पोखरेलले औषधी व्यवस्था विभागले गर्ने विभेदकारी नीतिको अन्त्य हुनुपर्ने बताए । ‘अहिले फार्मेशीको नविकरण गर्दा औषधी व्यवस्था विभागको कार्यालयमा जाँदा पहाडी जिल्लाका व्यवसायी नगएर अरु कसैलाई पठाउदा पनि नबिकरण हुने गर्दछ,’ उनले भने, ‘तराइ क्षेत्रमा रहेको पसलका व्यवसायी स्वयम आफै उपस्थित भए मात्र नविकरण हुने गरेको छ । विभागले गर्ने यस्तो विभेद अन्त्य हुनुपर्दछ ।’

यस्तै संघका सदस्य अनिल चौधरीले औषधी व्यवस्था विभागमा दर्ता भए पनि बजारमा सहज रूपमा नपाइने गरिएको लाइफ सेभिङ्ग औषधीहरू राज्यले सहज रूपमा उपलब्ध गराउनुपर्ने बताए । पहुचवालाहरूको पसलमा मात्र लाइफ सेभिङ्ग औषधीहरू पाइने भएकोले विरामीको ज्यान जोगाउने यस्ता औषधीहरू सहज रूपमा पाउनुपर्ने उनले बताए । सहज रूपमा डाइजोक्सिल, भेरामामीलगायतको विभिन्न इन्जेक्सन र औषधीहरू उपलब्ध नहुदा अवैध रूपमा भारतबाट आउने गरेको छ । यसरी आउने औषधीको कुनै भर नहुने भएकोले राज्यले लाइभ सेभिङ्ग औषधी स्वदेशमा सहज रूपमा उपलब्ध गराइ अवैध रूपमा हुने चोरी तस्करीलाई नियन्त्रण गरिनुपर्ने औषधी व्यवसायीहरूको माग छ ।
कार्यक्रममा सहभागि भएका औषधी व्यवसायीहरु ।