• दिनेश सुब्बा

पथरी /  संक्रमित युवासँगै बसेका, आमा, ट्याम्पो चालक र कार्यरत दुईजना स्वास्थकर्मीका पिसिआर रिपोर्ट नेभेटिभ आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको जनसेवा माविको क्वारेन्टाइनमा रहेका २२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
क्षेत्रिय प्रोयोगशाला विराटनगरबाट शनिबार आएको पिसिआर रिपोर्ट सबै जनाको नेगेटिभ आएको जनसेवा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष खड्ग बस्नेतले बताए ।

नेगेटिभ आएपछि गाउँपालिकाका स्वास्थकर्मी, जनप्रतिनिधि र त्यस क्षेत्रका वासिन्दामा खुशियाली छाएको छ । एक हप्ता अघि जनसेवा माविको क्वारेन्टाइनमा बस्ने १४ जनाको पिसिआर रिपोर्टमा १ जना युवाको कोरोना संक्रमण भएपछि गाउँपालिका क्षेत्रमा त्रास उत्पन्न भएको थियो ।

वडा नं. ५ का १८ बर्षिय पुरुष मलेसियाबाट काठ्माडौहुँदै घर आउँने क्रममा कानेपोखरीबाट संक्रमित युवाको आमाले ट्याम्पो रिक्सामा घर ल्याएका थिए । क्वारेन्टाइनमा जानुपर्ने घर गएपछि बेलुका गाउँपालिकाले क्वारेन्टाइनमै फेरी ल्याएका थिए । ती युवाको पिसिआर रिपोर्टमा संक्रमण देखिएपछि उतिखेर त्रास फैलिएको थियो । त्रास फैलिएपछि गाउँपालिकाले २१ गते आइतबारसम्म लकडाउनको घोषण गरको थियो । गाउँपालिकाले तत्काल आमा र ट्याम्पो चालकलाई क्वारेन्टाइनमा राखी पिरिआर टेष्ट गरेका थिए ।

२२ जनालाई शनिबार नै क्वारेन्टाइनबाट विदा गरिएको संयोजक तथा वडाध्यक्ष बस्नेतले बताए । रिपोर्ट नेगेटिभ आएपछि अव भने गाउँपालिकामा आइतबार सम्म लगाएको लकडाउन खुल्ला गर्ने तयारी गरेको छ ।