ब्लाष्टखबर ।  सुनको मूल्यमा ५ सयले गिरावट आएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।