ब्लाष्टखबर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी तथा चिकित्सकाे तलब बृद्धि हुँदा पनि हाउस अफिसरहरुको नगरिएको भन्दै हाउस अफिसरहरु आन्दोलनमा उत्रिएका छन् ।

विगत ५ बर्षदेखि तलब वृद्धि नभएको बताउदै प्रतिष्ठानकका विभिन्न विभागमा काम गरिरहेका ४८ जना अफिसरहरू धर्नामा बसेका हुन् । सरकारले ताेकेकाे तलब भन्दा पनि न्युन तलवमा काम गरिरहकाे बताउदै प्रतिष्ठानका उपकुलपति कार्यालयअघाडी धर्ना दिएका छन् ।

प्रतिष्ठानले कर्मचारी, चिकित्सक सबैको तलब २० प्रतिशतसम्म वृद्धि हुँदा पनि हाउस अफिसरहरुकाे तलब बृद्धि नगरिएकाे भन्दै सरकारी तलब स्केलमा तलब पाउनु पर्ने माग राखेर हाउस अफिसरहरु आन्दाेलनमा उत्रिएका हुन् । 

सरकारले ४५ हजार ७ सय ४६ बेसिक तलव ताेकेकाे भएपनि प्रतिष्ठानमा कर कट्टा गरेर २९ हजार ४ सय रुपैयाँ मात्रै दिइँदै आएको उनिहरूले बताएका छन् ।

आफूहरूले प्रतिष्ठानका उपकुलपतिलाई तलब बृद्धि मागबारे जानकारी गराए पनि सुनुवाई नभएको बताउदै उनिहरूले यस अघि प्रतिष्ठानमा भएकाे अस्थिरताका कारण चुपलागेर बसेकाे भएपनि पुर्ण अधिकार प्राप्त  उपकुलपति आए पछि पनि आफ्नाे माग पुरा नभएकाे भन्दै माग पुरा नभएसम्म काममा नफर्कने पनि बताए ।

अहिले अफिसरहरू धर्नामा बसेका कारण इमरजेन्सी लगायत प्रतिष्ठानकाे ६ वटा विभाग प्रभावित बनेकाे छ ।