ब्लाष्टखबर । बुधबार सुनको मुल्यमा ५ सयले बृद्धि भएको छ । मंगलबार ९१ हजार २ सयमा काराेबार भएकाे सुनकाे मुल्यमा ५ सयले बृद्धि भइ ९१ हजार ७ सयले काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो मुल्य हाल सम्मकै उच्च हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ ले कारोबार भइरहेको महासंघले बताएको छ। त्यस्तै, चाँदीमा हिजोको तुलनामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कायम भएको छ ।