धरान / धरानमा दैनिजसो आत्महत्याका घट्ना हुन थालेका छन् । आत्महत्या गर्नेमा युवा प्स्ता बढि भएको प्रहरीले जनाएको छ ।
धरान–१४ का युवा नेता प्रताप भट्टराईले असार १४ गते विहान आत्महत्या गरेका थिए । त्यसको अघिल्लो दिन धरान–१२ का २० बर्षीय रुपल चौधरीले आत्महत्या गरेकी थिइन ।
हिजो इटहरी निवासी युवा व्यवसायी जीवन खनाल धरानको एक होटलमा आत्महत्या गरेका छन् । धरान १८ स्थित यति होटलमा झुण्डिएरको अवस्थामा फेला परेका थिए ।

इटहरी बसेर लामो समयदेखि जग्गा लगायत अन्य स्थानमा आर्थिक कारोबार गर्दै आएका खनाल सोमबार नै उक्त होटलमा बास बसेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको खास नाम नविन खनाल भएपनि होटलमा जीवन खनाल भनेर नाम टिपाएर बास बसेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

धरानमा मात्र लकडाउनको अवधीका २२ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क छ । सुनसरीमा गत चैतदेखि जेठसम्म ५५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।