धरान । धरान–२ छाताचौकस्थित जिल्ला हुलाक नजिकैको घरमा सिलिङ फेनमा झुण्डिएको अवस्थामा एक युवती फेला परेकी छन् ।

विगत लामो समयदेखि धरानमै डेरा गरी बस्दै आएकी २० वर्षीया रुपल चौधरी झुण्डिएको अवस्थामा भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार चौधरीले पासो लगाएर झुण्डिएको अवस्थामा अभिभावकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चौधरी धरान–१२ को पब्लिक हाइस्कुलमा अध्ययनरत थिइन् । बुबाआमालाई खाना दिइसकेपछि कोठामा टिभी हेर्नका लागि छिरेकी थिइन् ।

लकडाउन यता कोठामै बसेर अधिकांस समय टिभी हेर्ने गरेको बुबाआमाको भनाइ उदृत गर्दै डिएसपी बस्नेतले जानकारी दिए ।
घटना शनिबार ३ बजेतिरको हो । शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । घटनाका विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।