धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागी करिव ९ कारोड रुपयाँले वजेट वृद्धि गरेको छ ।

कोभिड–१९ कोरोना भाईरसको महामारीको कारण अधिकांश स्थानिय तहले वजेटको आकार खुम्च्याई रहेको अवस्थामा छथरजोरपाटी गाउँपालिकाले भने ८ करोड, ४१ लाख, ५ हजार रुपयाँले आगामी आर्थिक वर्षको वजेटको आकार वढाएको हो ।

छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठले वुधवार सार्वजानिक गरेको आगामी वर्ष ०७७/०७८ को बजेट ३८ करोड, ३६ लाख, ६२ हजार रुपयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने २९ करोड, ९५ लाख, ५७ हजार रुपयाँ थियो, जुन अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट २८.०९ प्रतिसतले बढी देखिएको छ । आगामी आर्थिक वर्षको चालु तर्फ २५ करोड, ४५ लाख, ९६ हजार र पुजिगत तर्फ १२ करोड, ९० लाख, ६६ हजार रुपयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी आन्तरिक आय तर्फ ९५ लाख, नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण तर्फ ८ करोड, ६१ लाख, राजश्व वाँडफाँड तर्फ ६ करोड, १७ लाख,५३ हजार, संघिय सरकारबाट सशर्त अनुदान तर्फ १५ करोड, ७२ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड रहेको उपाध्यक्ष श्रेष्ठले वताईन । प्रदेश सरकारको वित्तिय समानिकरण तर्फ ६९ लाख, ८३ हजार, राजश्व वााफाँडबाट ३१ लाख, ३ हजार, समपुरक अनुदान १ करोड, सशर्त अनुदान १७ लाख, १० हजार र अल्या २ करोड, ७३ लाख, १३ हजार समेत गाउँपालिका संञ्चित कोषमा आय जम्मा हुने गरी प्रस्ताव गरेकी छन् ।

अघिल्लो आर्थिक वर्षमा पूँजिगत खर्चको अवस्था हेर्दा ६ करोड, २० लाख, ४९ हजार ४९.६९ प्रतिसत र चालु खर्च २० करोड, ५३ लाख, १८ हजार ६८.९२ प्रतिसत खर्च भै कुल खर्च २६ करोड, ७३ लाख, ६७ हजार ६१ प्रतिसत मात्र खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा पुँजिगत तर्फ करिव ८ करोड, १० लाख रुपयाँ थप खर्च भै ३४ करोड, ८३ लाख, ६७ हजार खर्च हुने समेत उपाध्यक्ष श्रेष्ठले अनुमान गरेका छन् ।

प्रश्तुत बजेटमा आर्थिक विकास तर्फ कृषि उत्पादन तथा उत्पादकत्व वढाउन २० लाख विनियोजन गरिएको छ । कृषकलाई प्रोत्साहित गर्न सयमुरी धान–बीस हजारले सम्मान, पचास मुरी मकै–बिस हजार सर्लक्कै, सयटन तरकारी–बिस हजार पुरस्कार जितौं सरकारी” जस्ता पुरस्कार कार्यक्रमहरु संचालन गर्नको लागी १ करोड, ४५ लाख, २ हजार विनियोजन गरिएको छ ।

त्यस्तै पशु सेवा तर्फ युवा लक्षित व्यावसायिक पशुमार्फ संचालन समेतका लागी १ करोड, १५ लाख, २ हजार, उद्यमशिलताबाट रोजगारी र उत्पादनमा वृद्धि–यस गाउँपालिकाको हुन्छ समृद्धि” भन्ने नारालाई सार्थक तुल्याउन उधोग तथा वाणिज्य तर्फ ४३ लाख, पर्यटन तर्फ १७ लाख, ६४ हजार, सहकारी तर्फ १० लाख, गरी कूल ३ करोड, २३ लाख, २४ हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ १८ करोड, ८ लाख, ८३ हजार, पुर्वाधार विकास तर्फ ७ करोड, ७७ लाख, १४ हजार, हाम्रो वन छथरजोरपाटीको धन भन्ने नारालाई सार्थक वनाउन र कोभिड–१९ कोरोना भाइरस महामारी नियन्त्रण लगायत गरी ८७ लाख, ६० हजार विनियोजन गरिएको छ । त्यस्तै ” म भ्रष्टचार गर्दिन, म म भ्रष्टचार हुन दिन्न, म देश र जनताको लागी इमान्दार भएर काम गर्ने छु, छथर जारपाटी राष्ट्र सेवा पदक लगायत विविध कार्यक्रमको लागी ७ करोड, ४५ लाख, ३७ हजार विनियोजन गरिएको उपाध्यक्ष भीमकला श्रेष्ठले जानकारी गराएकी छन् ।

गाउँपालिकाको नीति कार्यक्रम भने यस अघि नै असार ७ गते अध्यक्ष शेरवहादुर लिम्बुबाट प्रश्तुत् भै पारित भैसकेको वताईन ।
छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वुको अध्यक्षतमा सम्पन्न सातौं गाउ्रँसभामा गाउँपालिकाका वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।