ब्लाष्टखबर । कृषि बालिका लागी फाैजि किरा भन्दा खतरनाक भन्दै केहि समय यता चर्चामा रहेकाे सलह किरा नेपाल प्रवेश गरेकाे छ । 

तराईकाे बारा र सर्लाही जिल्लामा सलह किरा भेटिएकाे प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख एवम् कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताएका छन् ।

दक्षिण अफ्रिाका, पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलह किरा यति कति संख्यामा प्रवेश गरेका भन्ने यकिन नभए पनि फिल्डबाट आएको सूचना संकलन गर्ने काम भइरहेकाे हुमागाईंले बताएका छन् । 

भारतकाे राजस्थानमा देखिएकाे मरुभूमि प्रजातिको सहल बथान फुटेर हावाकाे बेगसंगै  नेपाल पसेकाे हुन सक्ने हुमागाईंले  जनाएका छन् । यसकाे संख्या र आकारमा यसले गर्ने क्षति भर पर्ने हुनाले  कति संख्यामा आएको छ भनेर अध्ययन भइरहेकाे पनि उनले बताएका छन् । 

यही विषयमा छलफल गर्न १ बजे प्राविधिक कार्यदलको बैठक बोलाएको उनले जानकारी दिए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक महीना अघि नेपालमा सलह भित्रिने सम्भावनाको अन्त्य भएको घोषणा गरेको थियो ।