धरान / कोरियामा बस्ने ब्लाष्ट दैनिकका पूर्व कर्मचारीहरुको सहयोगमा धरानका विभिन्न पत्रपत्रिकामा काम गर्ने ४५ जना कर्मचारीहरुहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
शनिवार धरान–१५ ब्लाष्ट दैनिकको कार्यालयबाट धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारामको उपस्थितिमा उनीहरुलाई प्रति व्यक्ति २५ केजी चामल, ४ केजी दाल, ३ लिटर तेल, ४ केजी नुन, डेढ केजी न्युटेला, माक्स, ग्लाेब्स र सेनिटाइजर उपलब्द गराइएको हो । उनीहरुलाई वडाध्यक्ष इवाराम र ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको उपस्थितिमा उपलब्द गराइएको थियो ।
कोरियाबाट घनेन्द्र बराल, चण्डीराज खतिवडा, खगेन्द्र पराजुली, प्रकाश तिवारी, जीएमइ रेमिट्यान्सका संचालकलगायत ३३ जनाले १ लाख १७ हजार ४ सय ३४, ब्लाष्ट दैनिकबाट ५ हजार, स्थानीय कमल कार्कीले २ हजार ८ सय ५० र सत्यनारायण यादवबाट एक हजार दुई सय गरि एक लाख २७ हजार ८ सय ८० बराबरको खाद्यान्न उपलब्द गराइएको ब्लाष्ट दैनिकका उपप्रवन्ध निर्देशक दीपेन्द्र कार्कीले जानकारी दिए ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की र ब्लाष्ट दैनिकका उपप्रवन्ध निर्देशक दीपेन्द्र कार्कीको पहलमा धरानका विभिन्न सञ्चार गृहहरुमा काम गर्ने पत्रिका वितरक, कर्मचारीहरुलाई खाद्यान्न सामाग्री उपलब्द गराइएको हो । यस अघि प्रेस संगठनका केन्द्रीय सदस्य कार्की र नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश राईको पहलमा उनीहरुलाई खाद्यान्न सामाग्री उपलब्द गराइएको थियो ।
कोरोना महामारीका कारण बन्द भएका सञ्चार गृहमा काम गर्ने साथीहरु बेरोजगार भए पछि उनीहरुको समस्यामा केही सहकार्य गरौं भनेर सहयोग पठाइएको कोरियामा बस्ने घनेन्द्र बरालले बताए । ‘आफु पनि मिडियामा काम गरेको भएकाले झन सञ्चारगृहहरु नै बन्द भएका बेला केही राहत होस् भनेर कोरियामा बस्ने नेपालीहरुको सहयोगमा रकम पठाएका हौं ।’– बरालले भने ।