• मदनबाबु प्रसाई

उर्लाबारी / उर्लाबारी नगरपालिकाको जारी पाचौँ नगर सभा बिहीबार संम्पन्न भएको छ । बुधबार शुरु भएको नगर सभामा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले प्रस्तुत गरेको नीती तथा कार्यक्रम र प्रस्तावित बजेटमा दुई दिनको बृहत्तर छलफल पश्चात सर्वम्मत पारीत भएको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले बताएका छन ।

नगर प्रमुख खड्ग फागोले आर्थीक बर्ष २०७७/०७८ को बजेट सरोकारवाला निकाय, राजनितीक दल, लक्षित समुदाय, सेवा निवृत्त गाविस सचिवहरु तथा सामाजिक संघ–संस्थाका पदाधिकारी बिच छलफल गरी नागरिकको दैनिक जीवन परिवर्तन गर्ने उदेश्यका साथ स्वस्थ्य, कृषी र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर ल्याइएको बताए । बजेट कार्यन्वयनमा सहयोग गर्न सरोकारवाला सगँ उनले आग्रह गरेका छन् ।
नगर प्रमुख फागोले सभामा सभाषदहरुले उठाएका बिकासका योजनाहरुलाई आगामी बर्ष समेटेर लैजाने बताउदै कोभिड–१९ को महामारीका आर्थीक क्षेत्र प्रभावित बनेकोले उक्त क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन । साथै चालु बर्षका भएको आन्तरिक असहमतीले देशभर नराम्रो संन्देश प्रवाह भएको बताउदैँ नगर प्रमुख फागोले यस बर्ष दुई दिनको अवधीमा सर्वसम्मत नगरका नीती तथा कार्यक्रम र बजेट सर्वसम्मत पारीत गरेर देशभर सकारात्मक समाचार प्रवाह भएको बताएका छन ।

सभाले नगरका १, २ र ३ नं. वडा कार्यालय भवन, झुम्राह पुल निमार्ण, वक्राघाट व्यवस्थापन, र दमकल खरिदलाई गौरवका योेजनामा समावेश गरेको छ । यसैगरी चालु बर्षको ५ करोड ९९ लाख ९६ हजार ५ सय ८६ रुपयाँसहित ७४ करोड ७७ लाख ८८ हजार २ सय ७९ रुपयाँ वरावरको बजेट पारीत सभाले गरेको निमित्व प्रमुख प्रशासकिय अधिकृत मुरारीप्रसाद घिमिरेले बताएका छन ।