कालाबन्जर । रामधुनी नगरपालिकामा ऐतिहासिक धार्मिक स्थल रामधुनी मन्दिर संरक्षणकालागी ५० लाख बजेट बिनियोजन गरेको छ । पर्यटक प्रवद्र्धनको सम्भावना बोकेको रामधुनी मन्दिरलाई स्तर उन्नतीगरी आन्तरीक र बाह्य पर्यटकहरुको आगमन बिकासमा निति लिदै रामधुनी नगरपालिकाले सातौ नगरसभाबाट रकम बिनियोजन गरेको हो ।

आ.ब. २०७७/७८ मा बिनियोजित रकमले रामधुनी मन्दिरमा बिकासका कार्यहरु गर्दै पर्यटक आउने सम्भावनालाई बलियो बनाउने निति रहेको छ । यसैगरी आदिवासी जनजातिहरुको बाहुल्य रामधुनी नगरपालिकामा उनीहरुको कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने निति तथा कार्यक्रम लिएको छ । कला र संस्कृति संरक्षण गर्दै उद्यमसिल बनाउने र यसबाट आर्थिक आयआर्जन गर्न सक्ने उधेश्य रहेको छ ।

सातौ नगर सभाबाट रामधुनीका किसानहरुकालागी प्रबिधिमा ५० प्रतिशत तथा बिउमलमा अनुदानको निति तथा कार्यक्रम ल्याएको छ । आ।ब। २०७७/७८ मा कृषि प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत कृषकहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रममा पावर ट्रेलरमा ५० प्रतिशत अनुदान दिने निति,कार्यक्रम तथा बजेट पारित गरेको हो ।

अनुदानले आधुनिक बैज्ञानिक खेति प्रणाली तर्फ कृषकहरु लाग्दै ब्यवसायमुखि बन्न सक्ने अपेक्षा लिएको छ । प्रबिधि हस्तान्तरण तथा बिउमल अनुदानले उतपादनमा बृद्धिभई रोजगारको अवस्था सृजना हुनेमा मदतपुग्ने उधेश्य रहेको छ । यसकालागी कृषकले सामुहिक रुपमा जग्गालाई चक्लाबन्दिगरी खेति गरिनु पर्नेछन् । बजेट रकम अनुसार कृषि बिकासमा १ करोड ५७ लाख ५५ हजार, पशु बिकासमा २८ लाख ९० हजार बजेट बिनियोजना गरेको छ ।

यसैगरी वडा नं. ४, ८ र ९ लाई बाख्रा पालन पकेट क्षेत्र बनाउने निति अनुसार निरन्तरतन दिने भएको छ । पशुपालन, माछापालन, तरकारी, तथा फलफुल, दुध र आधारभुत खाद्यान्नगरी पाँच क्षेत्रमा आत्मनिर्भर बनाउने निति अनुसार निरन्तरता दिई प्रोत्साहन गर्ने कार्यक्रमहरु रहेको छ ।