धरान  /  प्रदेश नं. १ को आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ४० अर्ब ८९ करोड बराबरको बजेट सार्वजनिक गरेको छ

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरेको आज प्रदेशसभामा जानकारी गराए । 

चालु खर्चका लागि १८ अर्ब ९३ करोड, ४९ लाख ९३ हजार र पूजिगत तर्फ २१ अर्ब ९२ करोड, ४० लाख तथा वितिय व्यावस्थापनका लागि ४ करोड बजेट विनियोजन भएको छ । कुल बजेटकोमा चालु खर्च ४६.२० प्रतिशत छ । पूजिगत तर्फ ५३.७१ प्रतिशत बजेट छुट्याएको उनले जानकारी दिए ।

गत वर्ष ४२ अर्ब २० करोड ४ लाख १० हजारको बजेट ल्याएको प्रदेश सरकारले यस वर्ष २ अर्ब घटाएर प्रदेश सरकारले बजेट ल्याएको हो । यस्तै वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ ।