धरान / विराटनगरस्थित कोशी अस्पालतमा रहेको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अस्पताल बनाउने भएको छ ।

आज आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बजेट भाषणमा यस्तो जानकारी गराएका हुन । कोभिड–१९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको मन्त्री आङ्बोले जानकारी दिए ।

त्यसका लागि सरकारले कोशी अस्पताललाई ५० कोरो र मेची अस्पतालका लागि २३ करोड विनियोजन गरेको छ । 

यसैगरी धनकुटालगायतका जिल्ला अस्पतालको स्तरोन्नतिका लागि १ अर्ब १० करोड बिनियोजन गरेको छ ।
यस्तै उदयपुरको कटारी र इटहरीको अस्पतालका लागि पनि बजेट छुटयाएको छ । जेष्ठ नागरिक दन्त कार्यक्रमका लागि १ करोड विनियोजन गरेको छ । यअघिल्लो बर्षको कार्यक्रम प्रभावकारी भए पछि सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिएको छ ।