एजेन्सी /  पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना दुई छोरीसँग नाचेको भिडिओ टिकटकमा देखिएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

केही दिनअघि पार्किन्सन्स्‌ रोग लागेका कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडिओलाई पनि थुप्रैले मन पराएका थिए । लगतै र्वयुवराज्ञी हिमानी शाह छोरीहरुसँग नाचेको भिडियो भाइरल भएको हो ।

नाचेको वा अभिनय गरेको छोटो भिडिओ शेयर गर्न मिल्ने टिकटक नेपालमा पनि निकै चर्चित बन्दै गएको छ।

सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका मानिसहरू किन टिकटकप्रति आकर्षण बढ्दो छ। के उनीहरूले यसलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका हुन्र ।

अस्तित्व स्थापित गर्ने तरिका
मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘यसले अभिव्यक्तिका लागि एउटा ‘स्पेस’ दिन्छ। बहिर्मुखीमात्रै नभइ अन्तर्मुखी मानिस पनि आफ्नै घर वा कोठाभित्रै बसेर आफूलाई निर्धक्क अभिव्यक्त गर्न सक्छ।’

अझै दार्शनिक रूपमा भन्ने हो भने मानिसलाई अहिलेको समयमा अस्तित्व स्थापित गर्ने एउटा तरिका टिकटक बनेको छ।

विश्व नै एउटा गाउँको अवधारणा भएको समयमा मानिसहरूले आफ्नो अस्तित्व भौतिक उपस्थितिमा भन्दा डिजिटल स्पेसमा खोज्न थालेका कारण यस्तो भएको ढकालले बताए।

पूर्वयुवराज्ञी हिमानी शाहले छोरीहरूसँग नाचेको वा सामान्य मानिसले नाचेको टिकटक बनाउनुमा मनोरञ्जनकै आशय देखिएको उनले बताए।

आफ्ना छोरीहरूसँग रमाइलो मान्दै नाचेको त्यो भिडिओमा नेपाली नारीको झल्को देखिन्छ। हामी पनि सामान्य मानिस हौँ भनेर देखिन खोजेको एउटा अभ्यासको रूपमा यसलाई लिएको छु –उनले भने।

जेठी छोरी पूर्णिका र कान्छी छोरी कृतिकाले हालेको टिकटक भिडिओमा हिमानी शाह एउटा अङ्ग्रेजी र दुईवटा नेपाली बोलको गीतमा नाचेको देखिन्छ।

गायक सविन राईले गाए र गितकार गोपाल देवानले लेखेको ‘गुँरासको फेदमुनि सम्झनाको छायाँ’नामक गीतमा उनी आफ्नी दुई छोरीका साथमा नाचिरहेको देखिन्छ।

अर्को एउटा भिडिओमा ुजसो गर, जे भन, जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली होु बोलको गीतमा उनी कृतिकासँग नाचेकी छन्।

टिकटक सन् २०१९ मा ह्वाट्सएपपछि सबैभन्दा बढी डाउनलोड गरिएको मोबाइल एप हो। यसका संसारभर ८० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन्।

ती भिडिओमा प्रतिक्रिया जनाउने धेरैले हिमानीप्रति श्रद्धा रहेको र राजतन्त्र फर्किनु पर्ने आशय जनाएका छन्।

केहीले पूर्वराजपरिवारको भिडिओ बनाउन अनुरोध गरेका छन्।

ूहामी पनि सामान्य मानिस हौँ भन्ने उनीहरूको अभिव्यक्ति हो। प्रतिक्रया चाहिँ पूर्वराजपरिवार भनेर गरिएका हुन्, मानवशास्त्री ढकालले भने।

मल्लकालमा उपत्यकामा उब्जनी राम्रो हुने भएकाले खानेकुराबारे सोच्नु नपरेपछि मानिसहरूको ध्यान कलासाहित्यमा गए जस्तै अहिले टिकटकमा सक्रिय देखिने मानिसहरू पनि खानलगाउन समस्या नभएका र भिडिओ बनाउन समय एवम् इच्छा भएका मानिसहरू रहेको ढकालले बताए।

https://www.facebook.com/100007924187758/videos/2604650943142353/