धनकुटा/भावना होमियोप्याथिक हस्पिटल प्रालि धनकुटाले धनकुटामा कोरोना भाईरस फैलन नदिनका लागी सोमवार पत्रकार सम्मेलन गरी होमियोप्याथिक औषधी वितरण गरेको छ ।

पहिलो चरणमा संचारकर्मी लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रतिनिधिहरुलाई उक्त औषधी वितरण गर्दै भावना होमियोप्याथिक प्रालि धनकुटाका संचालक डा.खगेन्द्र कटुवाल होमियोप्याथिक उच्च कोटीको उपचार भएको वताए । 

आयोजित पत्रकार सम्मेलनमा उनले यो औषधी सेवनले इम्युनिटी पावर बढाई कोरोना भाईरस लाग्न नदिने aताए । साथै, औषधी सेवनलाई अभियानको रुपमा वितरण गर्ने समेत कट्वालले वताए । सो अवसरमा होमियोप्याथी बिधिबाट तयार गरिएको सेनिटाईजरको समेत प्रयोग गरेर सहभागीलाई देखाईएको थियो ।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्मिता निरौला,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,पूर्व अध्यक्षहरु मोहन वान्तवा,खगेन्द्र घिमिरे,फोनिजका अध्यक्ष सन्तवीर लामा,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रतिनिधि गजेन्द्र रम्तेल होमियोप्याथी औषधी सेवनको वारेमा आ–आफ्नो जिज्ञासा राखेका थिए ।  धनकुटाका संचारकर्मी लगायत कार्यक्रममा सहभागी सवैलाई उक्त होमोप्याथी औषधी प्रदान गरिएको थियो ।