धरान । सुनसरीका पत्रकारहरूले नोबेल अस्पतालमा उपचार गराएमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले अस्पतालसँग सहकार्य गरेपछि सुनसरीका पत्रकारहरूलाई उपचारमा ५० प्रतिशत छुट दिने भएको हो । नोबेल अस्पतालसँग बुधबार सम्झौता गरिएको प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लामा कार्यरत सबै मिडिया हाउसमा कार्यरत पत्रकारहरूले यो सविधा पाउने भएका हुन् ।

केही दिनअघि मात्रै युनियनले २६० जना पत्रकारहरूको कोरोना बिमा गरिदिएको छ । कोरोना संक्रमित हुने बित्तिकै पत्रकारहरूले एक लाख रुपैयाँ बिमा पाउने गरी व्यवस्था गरिएको छ । यसक्रममा सभापति अधिकारीले नोबेल अस्पतालका प्रबन्ध निर्देशक डा. सुनिल शर्मा र प्रशासकीय अधिकृत दीपेश राईसँग हस्ताक्षर गरेका छन् ।

युनियनको तर्फबाट सभापति अधिकारीसहित सचिव निशान प्रकृति थारूले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक डा. शर्माले व्यवसायिक रूपमा सहयोग आदानप्रदान गरिएको बताए ।