धरान । सुरक्षित मातृत्वको क्षेत्रमा कार्यरत आइपास नेपालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरको स्वास्थ्य महाशाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच संस्थाले प्रतिष्ठान प्रशुति रोग विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मी र धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई स्वास्थय सामग्री हस्तान्तरण गरेको हो । संस्थाले धरानका दुई वटा संस्थालाई १४ लाख ४५ हजार ३८५ रुपैयाँ बराबरको सामग्री प्रदान गरेको आइपास नेपालका प्रदेश १ संयोजक केदार भण्डारीले जानकारी दिए ।

आइपासले प्रदेश १ को ६ जिल्लामा सुरक्षित मातृत्वका लागि काम गर्दै आइरहेको छ । संस्थाले तेह्रथुम, संखुवासभा, सुनसरी, इलाम, मोरङ र पाँचथरमा काम गर्दै आइरहेको छ । संस्थाले पीपीई र केएन ९५ माक्स प्रदान गरेको हो । परिवार नियोजनको क्षेत्रमा कार्यरत संस्थाहरूलाई कोरोना महामारीका बीचमा स्वास्थ्य सामग्री प्रदान गरिएको संयोजक भण्डारीले जानकारी दिए ।

उनका अनुसार कोशी अस्पताल, बीपी प्रतिष्ठान, धरान उपमहानगरको स्वास्थय महाशाखा, पाँचथर जिल्ला अस्पताललगायतका स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरेर सामग्री हस्तान्तरण गरिएको हो । ९१ सेट पीपीई, ३२५ थान एप्रोन, २४० थान केएन ९५ मास्क, १५ हजार ९५६ सर्जरी मास्क, १५ हजार ७५६ डिस्पोजेवल माक्स, १४ सय ४१ थन हेण्ड सेनिटाइजर, १८८ थान रेक्जिन थ्रीएमलगायतका स्वास्थ्य सामग्री दिइएको हो ।