धरान / इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम योलकडाउनकोसमयममा पनि ढुककले घरमाबसेकी छैनन् । भोका नाङ्गा जनताले के खाइरहेका छन् । यो समयमा सुत्केरी भएका महिलाको अवस्था कस्तो छ भनर सधै चिन्तित हुन्छिन् ।
गरिव दिनहीनलाई निशुल्क खाना खुवाउछिन् । दुखपाएकालाई संरक्षण गछिृन् । कुनै न कुनै माध्यमबाट उनले जनताको सेवा गरिरहेकीछन् ।
पछिल्लो समयमा आफ्ना नगरमा सुत्केरी भएका महिलाहरको घर घरमा पुगेर पाेषणयुक्त खानेकुरा बाढेकीछन् । आज उपमेयर लक्ष्मी गौतम इटहरी १० कि मनिषा सदा,सुस्मिता चौधरी,निशा मगर र इटहरी ८ की सुगिया हरिजन र लिला सदाको घर पुगिन । उनीहरु यो लडकडाउनको बेला सुत्केरी भएका महिलाहरु हुन । उनीहरुको अवस्था बुझ्न उपमेयर गौतम उनीहरुको घर पुगेकी हुन ।
लकडाउनका वेला स्थानीय सरकार घरमै आएपछि सुत्केरी र उनीहरुका परिवार र स्थानीयवासी समेत खुशि भए । लकडाउनकै विचमा यो समेत पाँच पटक गरि २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले वताइन ।
लकडाउनका कारण ज्यालादारी गर्ने श्रीमानले काम गर्न नपाएको र पाएको राहत पनि फारु फारु गरेर चलाउदै आएका विपन्न सुत्केरीलाई भेटेर आमा वच्चालाई कपडा,दाल,चामल,गेडागुडी,तेल लगायतका खाद्यान्न उपलब्ध गराइएको उपमेयर गौतमले बताइन् । इटहरी अस्पतालमा सुत्केरी गराएका विपन्न वर्गका सुत्केरी महिलाका घर घरमा पुगेर सुत्केरी भेट कार्यक्रम अन्र्तगत कपडा र पौष्टिक आहारा उपलब्ध गराउइएको हो ।
अस्पतालमा आएर सुरक्षित तवरले सुत्केरी गराउने महिलाहरुलाई उपमहानगरले सहयोग गदैं आएको उनले बताइन् ।